मधेश प्रदेशको मुख्यमन्त्री देखि देशको उपराष्ट्रपति हुदै बाराकै नेताहरु स्वास्थ्य मन्त्री हुदा समेत पहिलेको जिल्ला अस्पताल कलैया हाल प्रादेशिक अस्पताल कलैयाको समुचित विकास हुन सकेको छैन ।
अस्पतालबाट उपलब्ध हुनुपर्ने कुनैपनि सेवा सुबिधा नपाएर बाराबासी बिरामीहरु ठगिन मात्र हैन, बिरगन्ज र भारतीय शहर उपचार गराउन बाध्य हुदै आएका छन । केही समय अघि निकै चर्चामा भएर एकैपटक दुई डाक्टरलाई एकै पटक बिदाई गरेर मेसु बनेका बाराकै स्थानीय बारा बिश्रामपुर निवासी डा. अजय कुमार गुप्ताको अहिले प्रादेशिक अस्पताल कलैयामा छन ।
पहिले कसरी राम्रो उपचार गर्ने चिन्तामा हुने उनी अहिले स्वास्थ्य सेवालाई कसरी ब्यबस्थित बनाउने चिन्तामा रहेको बताएका छन । बिगतमा मेडिकल कलेजका एसिसटेन्ट अफिसर समेत रहेका डाक्टर अजय कुमार गुप्ताले जिल्लाबासी जागरुक नहुदा कलैया अस्पतालको बिकास हुन नसकेको बताउनु हुन्छ । सरकारले तोकेको १३५ प्रकारको निशुल्क औषधी मध्ये ३० प्रतिशत औषधी पनि नआउने गरेको उनले बताउनु भएको छ ।
एक दिनमा नौजनालाई स्पष्टिकरण सोधेको छु । सबैले आफु मुख्यमन्त्रीको भन्दै धम्काउछन । तरपनि अस्पताललाई एक नं.को अस्पताल बनाउने सपना देखेका डाक्टर गुप्ता एक हप्ता भित्र डाईलासिस सेवा शुरु गर्ने बताएका छन । अस्पतालका बिरामीहरुका अनुसार बिगतको तुलनामा अहिलेनै धेरै सुधार आएको कलैया र जिल्लावासीलाई खुशीको खबर छ ।