सिमरा । बाराको सिमरामा रहेको जगदम्बा स्टिलमा फलाम गलाउने भट्टी बिष्फोटन भएको छ । बमको जस्तै घरहरु समेत हल्लीने गरी भएको सो बिष्फोटनमा के कति क्षति भएको बिवरण भने आएको छैन । धेरै ठुलो आवाज सहित भएको सो बिष्फोटनबाट धेरै मानिस घाईते भएको र केहीको मृत्यु समेत भएको हुनसक्ने स्थानीयले बताएका छन् । बिष्फोटनको आवाज पछि घटनास्थलमा प्रहरी समेत आएको छ ।