मधेशमा सिचाई समस्या छ, जमुनी सिचाईको फाईल बोकेर म आफै हिड्छु – महामन्त्री थापा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 741 - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

गुरुप्रसाद गौतम
बारा । मधेशमा सिचाईको ठुलो समस्या छ यो किसानको समस्या मधेशको मात्र हैन, सिङ्गो नेपालको समस्या हो । अरुले ८४ भन्छन हामीले अहिल्यै गर्नु पर्छ । ८४ सम्म जनताका धेरै समस्याको समाधान गरी सक्नुपर्ने दायित्व काग्रेसको भएको नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाले बताउनु भएको छ ।

मधेशमा ५६ प्रतिशत जनसङख्या छ । ६८ प्रतिशत धानको उत्पादन हुने भएपनि उब्जनी नै नपुग्ने गरेको छ । उत्पादन नहुदा कृषी प्रधान देश नाम मात्रको हुने अबस्था छ । उत्पादन बढाउन मधेशमा सबैभन्दा बढी आबश्यक सिचाई रहेको र यसलेनै परिवर्तन गर्न सम्भव भएको महामन्त्री थापाले बताउनु भएको थियो । जमुनीमा खेर गएको पानी सिचाई गर्दा धेरै किसान लाभ पाउने बिषयमा फाईल बोकेर म आफै हिड्छु भन्दै आउने दिनमा जमुनि सिचाईले मधेशका तीन जिल्लाबासीले लाभ लिन सक्ने बताउनु भएको थियो ।

जनताका दुःख र समस्या हटाउने जिम्मा नेपाली काँग्रेसको भएको उहाँले जनताको बिषयनै अब राजनैतिक बिषय बन्नु पर्ने बताउदै जनताका साना भन्दा साना समस्या पनि अब राष्ट्रिय राजनैतिकको बिषय हुनुपर्ने त्यसमा पनि अबको काग्रेसको ऐजेन्डा बन्नु पर्ने बताउनु भएको छ ।

नेपाली काँग्रेस आदर्श कोतवाल गाँउपालिकाको आयोजनामा समुदायमा काग्रेस अभियानमा बारा आएका महामन्त्री थापाले संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

हिंसाबाट शान्तीतर्फ ल्याउने काग्रेस , सबिधान बनाउने काग्रेस, सबिधान कार्वान्वयन गर्ने काग्रेस भएकोले जनताको समस्या समाधान पनि काग्रेसलेनै गर्नु पर्ने उहाँले बताउनु भयो ।
तीनै तहको सरकारमा काग्रेस, अनी हामीले बनाएको ब्यबस्थामा जनताको अबस्था बदल्ने जिम्मा पनि हामीले लिनुपर्छ भनेर देशभरीनै समुदायमा काग्रेस अभियान शुरु गरेको उहाँले बताउनु भएको छ ।

महासमितिको बैठकबाट जनताको सुझाव अनुसार पार्टीले अबको निति तय गर्छ । पार्टी सञ्चालन र सरकारको बिषयका बारेमा पनि मार्ग तय गर्ने बताउदै महामन्त्री थापाले मधेशमा किसानको सबैभन्दा ठुलो बिषय सिचाई भएको बताउनु भयो । यो मधेशको मात्र नभै देशको ठुलो बिषय भएको उहाँले बताउनु भयो ।

महामन्त्री थापाले पार्टी अव गठबन्धन गरेर चुनाव नलडने पक्षमा रहेको प्रष्ट पारेका छन । गठबन्धन गरेर चुनावमा भाग लिदा सिगो लोकतन्त्र नै धरापमा परेको कुरामा जोड दिनु भयो ।
देशमा बिधीको शासन कायम गर्नका लागि पनि चुनावमा गठबन्धन होईन कि सिगै नेपाली काँग्रेसले चुनावमा लडनुपर्ने आवश्यकता औल्याउनु भएको थियो ।

ब्यबस्था मात्र बदलेर नहुने बताउदै महामन्त्री थापाले अब जनताको अवस्था बदल्नु पर्दछ । आउने नेपाली काँग्रेसको महासमितिको बैठकमा पार्टीको अगाडीको कार्यदिशा, निती , न्या शिराबाट पार्टी संचालन गर्ने, सरकारमा रहेका मन्त्रीहरुलाई कसरी जनतामुखी काम गर्नेतिर लगाउने भने बिषयमा बहस गर्ने महामन्त्री थापाले बताए ।

जनसंख्या बिस्तारै बढदै गइरहेको छ ,अन्न घटदै गइरहेको हुदा देशमा समस्या सृजना हुदै गइरहेको बताउदै महामन्त्री थापाले मधेसमा शिक्षा, स्वास्थ्य, कृषिमा सरकारको ध्यान जान जरुरी रहेको कुरामा जोड दिए ।

प्रत्येक नागरिकलाई अव स्वास्थ्य बिमा निशुल्क हुने जानकारी गराउदै स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा अवको २, ३ बर्ष भित्रमा सबै नेपालहरुले गुणस्तर सहितको स्वास्थ्य सेवा पाउनमा नेपाली काँग्रेसले पहलकमदी गर्ने बताएका थिए ।

समयमा पुर्वाधार किन बन्दैन । कमशल पुर्वाधार किन बनिरहेका छन ? यी बिषयमा जमेर छलफल गर्नु पर्छ । निर्माण भौतिक पुर्वाधारमा हामीले सच्चाउनु पर्ने अबस्था छ । स्वास्थ्य बिमाको कानुन आफुले बनाएपनि लक्ष्य अनुसार काम हुन नसकेको उहाँले बताउनु भयो ।

निजगढ बिमानस्थाल लगायतका ठुला पुर्वाधार बनाउनु पर्छ । पर्यावरणको क्षति कसरी कम गर्ने भनेर बनाउनु पर्छ । काग्रेसको स्पष्ट धारणा छ ।

ब्यबस्था परिवर्तनले देश पछि परेकोले यही ब्यबस्थामा हाम्रो अबस्था बदल्ने हो । जनताका समस्यामा काग्रेस र राजनैतिक दलहरुको बहसको बिषय बन्नु पर्छ उनले बताए ।

अध्यक्ष जवाहर प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काग्रेस बाराका सभापति राजेशराय यादव, मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, मधेस प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादव, स्वास्थ्य मन्त्री बिरेन्द्र सिह लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।

स्थानिय राकेश कुसवाहा, हरिनारायण कुसवाहा, चन्द्रिका गुप्ता, रुपेश नारायण सिह, सिकेन्द्र पासवान, नितेश यादव लगायतकाले महामन्त्री थापालाई पालिकाले भोग्दै आएको समस्याका बारेमा अवगत गराएका थिए । थापा मेची देखि महाकाली सम्म समुदायमा काँग्रेसको अभियान लिएर यात्रा गर्ने दौरानमा बारा आईपुगेका हुन । छोटो समयका कारण एकदिन १२ स्थानमा बिहान ७ बजेदेखि राती १ बजेसम्म कार्यक्रम गर्नु परेको उहाले बताउनु भएको थियो । उनलाई नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति बिजयशंकर यादवले रौतहटबाट बारा प्रवेश गर्दा अरुवा खोला अगाडी एक सय एक किलोको मालाले स्वागत गरेका थिए । सो अवसरमा हजारौको सहभागिता रहेको थियो ।

आजै जिल्लाको लंगडाचोक महागढीमाई, कलैया स्थित करणराज पार्टी प्यालेस, परवानीपुर गाँउपालिकाको बहुअरीमा आयोजना गरिएको कार्यक्रममा महामन्त्री थापा सहभागि भएका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content