बाराको मनहर्वामा फुटबलको क्रेज बढदै, झण्डै चार हजार दर्शक

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 560 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको सिमरामा मात्र हुदै आएको फुटबल मनहर्वाले तेस्रो मनहर्वा गोल्डकप सम्पन्न गरेको छ । योसगै मनहर्वामा फुटबलको क्रेज बढदै गएको छ । फुटबलमा झण्डै चार हजार दर्शक पुगेको अनुमान गरिएको छ । रु १०० को टिकट मात्रै आयोजकले एक हजार बढी बिक्री गरेको छ । करिब १५०० पासकै अतिथि र स्कुले बिद्यार्थि र अन्य गरी करिब चार हजार दर्शक शनिबारको प्रतियोगिता हेर्न पुगेका थिए । सवारी पार्किङ ब्यबस्थित र राख्ने ठाउ नहुदा राजमार्गको बजार क्षेत्र समेत भरिएको थियो ।

प्रतियोगितामा गाँउ गाँउबाट दर्शकहरु ओर्लिएका थिए । फुटबल हेर्न स्थानीय रुखमा समेत चढेका थिए । भरिभराउ दर्शक माझ प्रतियोगिताको रौनक बढेको स्थानीय पत्रकार पुष्प खतिवडाले बताउदै अबका दिनमा यसलाई नियमित र लगानी गर्न आबश्यक रहेको बताए ।

मनहर्वा गोल्डकपको उपाधि वीरगन्ज युनाइटेड क्लबले हात पारयो

यसैबिच मनहर्वा गोल्डकपको उपाधि वीरगन्ज युनाइटेड क्लबले हात पारी सकेको छ । तेस्रो मनहर्वा गोल्डकपको उपाधी उचालेको बिरगन्ज युनाईटेडलेमेडल कप सहित दुई लाख नगद हात पारेको छ ।

जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रिगल हेटौंडा रिसोर्टलाई २–० ले पराजित गर्दै वीरगन्जले उपाधी उचालेको हो ।

वीरगन्जको जीतमा बिशाल खड्का र अमर डंगोलले समान एक÷एक गोल गरे । बिशालको गोलबाट खेलको ३५ औं मिनेटमा अग्रता लिएको वीरगन्जका लागि अमरले ८८ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा हेटौंडाले केही राम्रा अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै उपाधी होडमा उभिएको हेटौंडा उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

े उपविजेता हेटौंडाले एक लाख प्राप्त गरेको छ । विधागत पुरस्कारतर्फ वीरगन्जले वर्चश्व कायम गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार वीरगन्जका अमर डंगोल घोषित भए । अमरले सर्वाधिक गोलकर्ताको पुरस्कार समेत हात पारे ।

यसैगरी उत्कृष्ट गोलरक्षक वीरगन्जका दिलमणी चौधरी, उत्कृष्ट डिफेन्स विकास चौधरी, उत्कृष्ट प्रशिक्षक राजकिशोर धामीले प्राप्त गर्दा हेटौंडाका सुजल गुरुङले उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उदयीमान खेलाडी आयोजक मौवादेवी युवा क्लबका शिवकुमार सुवाल घोषित भए । यसैगरी प्रतियोगिताको फेयर प्लेको उपाधी आयोजक मौवादेवी युवा क्लबले प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ दि म्याच वीरगन्जका सागर चौधरी घोषित भएका छन् ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्ले, वडा नं. १४ की अध्यक्ष चयन गुरुङ, क्लबका अध्यक्ष निर्मल यादव, पूर्वअध्यक्ष बसन्त खतिवडालगायतले पुरस्कार वितरण गरेका थिए । माघ १३ गतेदेखि आयोजित प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

खेलकुदको विकासका लागि विद्यालय तहमै लगानी गर्नुपर्छः नगर प्रमुख पौडेल

तेस्रो मनहर्वा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै जीतपुरसिमराका उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले खेलकुदको विकासका लागि विद्यालय तहमै लगानी गर्नुपर्ने बताएका छन् ।

खेलकुद क्षेत्रमा अहिले करोडौं लगानी भएपनि प्रतिफल सन्तोषजनक हुन नसकेको भन्दै नगर प्रमुख पौडेलले विद्यालय तहमा हुने लगानीले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताए । नगर प्रमुख पौडेलले उपमहानगरपालिकाको कार्यालयले हाल दुई करोड ५४ लाख रुपैया खेलकुद क्षेत्रमा लगानी भईरहेको बताए ।

राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नका निम्ति खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिका अघि बढ्ने नगर प्रमुख पौडेलको भनाई थियो ।

समापन कार्यक्रममा जीतपुरसिमरा वडा नं. १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेलगायतले सम्बोधन गरेका थिए । क्लबका अध्यक्ष निर्मल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण राजु कार्कीले गरेका थिए । कार्यक्रममा पूर्वअध्यक्ष बसन्त खतिवडाले स्वागत मन्तब्य राखेका थिए ।

समापन कार्यक्रममा वडाध्यक्ष हरिदेव खरेल, हिराबहादुर गुरुङ, श्याबाबु खाँ, हेमनारायण चौधरी, दीपेन्द्र चौधरी, कार्यपालिका सदस्य प्रभावती पासवना, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, साना किसान कृषी सहकारी संस्था मनहर्वाकी अध्यक्ष नयनकला खड्कालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content