प्रादेशिक अस्पताल कलैयामा इण्डोस्कोपी सेवा सूचारु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 555 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

गुरु प्रसाद गौतम
बारा । बारास्थित प्रादेशिक अस्पताल कलैयामा आइतवारदेखि इण्डोस्कोपी सेवा सुरु भएको छ । कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अजय गुप्ताका अनुसार आइतवारदेखि अस्पतालमा इण्डोस्कोपी सेवा सुचारु भएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले अस्पताल भ्रमणका क्रममा गरेको प्रतिबद्धता अनुरुप अस्पतालमा उपलब्ध गराइएको इण्डोस्कोपी गर्ने मेशिन सञ्चालनमा आएको हो । इण्डोस्कोपी करिब ६ महिना अघि प्रदान भएको हो ।

अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट डा. गुप्ता आएसगै सुधार आएको हो । हरेक घरमा ग्याष्ट्रिकका बिरामीहरु भएको बताउँदै उनले परीक्षण र उपचारमा सहज बनाउनका लागि इण्डोस्कोपी सेवा सूचारु गरिएको प्रतिक्रिया दिएका छन ।

पेटका समस्याहरु पत्ता लगाउन, पेट फुलेको, कलेजोको समस्या जस्ता समस्याहरु पत्ता लगाउन र उपचार गर्नका लागि मेशिन उपयोगी हुने डा. गुप्ताले बताए । डा. गुप्ताका अनुसार केही दिनमै अस्पतालमा डायलाइसिस सेवा पनि सुरु गर्ने तयारी भइरहेको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने बताए । अस्पतालको सुधार भएमा जनताहरु लाभान्वित हुने बताउदै उनले अस्पतालको सुधार र व्यवस्थापनका लागि सहयोग तथा सहकार्य गर्न सबैलाई आग्रह गरेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content