जीतपुरसिमरामा फागुन १८ गते देखि २९ गतेसम्म ‘जीतपुरसिमरा महोत्सव २०८०’ आयोजना हुने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 385 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा फागुन १८ गते देखि २९ गतेसम्म ‘जीतपुरसिमरा महोत्सव २०८०’ आयोजना हुने भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो । बाराको सिमरा वडा नम्बर ३ स्थित बजनी मालपोत नजिक आयोजना गर्न लागिएको महोत्सव फागुन २९ गते समापन हुने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिनुभएको छ ।

कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा, बारा मधेश समृद्धिको मुख्य आधार भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा औद्योगिक प्रर्दशनी, खाना महोत्सव, बिभिन्न मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती देखाईने ,उद्योगको उत्पादन प्रर्दशनीसंगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी धमाधम भईरहेको छ । महोत्सवलाई सफल बनाउन अध्यक्ष मोहन शर्माको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरिएको छ ।

‘हामीले आयोजना गर्ने महोत्सव अन्य महोत्सव भन्दा फरक हुन्छ, उद्योगको प्रर्दशनी र पर्यटन प्रवद्र्धन गर्ने नै हाम्रो मुख्य लक्ष्य हो’ अध्यक्ष शर्माले भन्नुभयो । ‘हामी अहिले बृहत तयारीमै छौ, छिट्टै पत्रकार सम्मेलन गरेर हामी महोत्सवको बारेमा अझ धेरै जानकारी गराउनेछौ’ उहाले भन्नुभयो ।

शेयर
प्रतिक्रिया
Skip to content