जगदम्बा स्टिलमा बिष्फोटन एक गम्भिर सहित चार घाईते

तराइ संचार
तराइ संचार 1.4k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको सिमरामा रहेको जगदम्बा स्टिलमा शुक्रबार राती करिब १२ः४५ बजे फलाम गलाउने भट्टी बिष्फोटन हुदा एक गम्भिर घाईते हुनाको साथै चार अन्य घाईते भएका छन् । बमको जस्तै घरहरु समेत हल्लिीने गरी भएको सो बिष्फोटनमा सख्त घाईते हुनेमा सर्लाही सतुवन गाँउ निवासी बिकेन्द्र
यादब रहेका छन् ।

उनको बिरगन्ज स्थित नेशनल हेल्थ केयरमा उपचार हुन नसकेपछि बिहान काठमाण्डौ रिफर गरिएको छ । अन्य चार जनाको बिरगन्जमा उपचार भईरहेको अखिल नेपाल ट्रेड युनियन जगदम्बाका सचिब दिपक कार्कीले बताउनु भयो । बिष्फोटन १२ः४५मा भएपनि नजिकैमा रहेको प्रहरी १५ मिनेट पछिमात्र घटनास्थलमा पुगेको बताईएको छ । डिएस्पी दिपक श्रेष्ठका अनुसार घाईते हुनेहरुमा बरहथवा–५ निवासी मुकेश साह, भारतीय नैमुदिन आलम र जनकदेब यादब गरी चार जना घाईते र उनीहरुको उपचार भईरहेको बताईएको छ । जसमध्ये दुई भारतीय तराई अस्पतालबाट डिस्चार्ज भई सकेका एक सिकिस्त काठमाण्डौ लगिएको र एकको बिरगन्ज हेल्थ केयर अस्पतालमामा उपचार भईरहेको बताईएको छ ।

एक हप्ता अघि पनि जगदब्बाको फलाम गलाउने भट्टीमा बिष्फोट भएको थियो । पटक पटक ज्यान जाने गरी धेरै मानिसको मृत्यु भएपनि जगदब्बाले सुरक्षाको पर्याप्त उपाय अपनाउने तर्फ ध्यान जान नसकेका कारण देशकै एक नं. उच्च जोखिम रहेको ज्यानमारा उद्योगकोरुपमा बिकास हुदै गएको स्थानीय मजदुरहरुले बताउदै आएका छन् । उद्योगले मजदुरहरुका सुरक्षाका उपाय पर्याप्त गर्न नसकेको मजदुर नेता कार्कीले बताउदै भट्टीमा बिज्ञहरुलाई सुरक्षाको उपाय अपनाउने तर्फ उद्योगले नसोच्ने हो भने भोलीका दिनमा उद्योगमा काम गर्ने मजदुर होस वा स्थानीय सबै उच्च जोखिममा पर्दै जाने भएकाले उद्योगले अन्य उपाय पनि खोज्दै जानुपर्ने बताउनु हुन्छ । बाक्लो बस्तीमा रहेको उद्योगको त्रासमा स्थानीय पटक पटक बिभिन्न कारणले प्रताडित बन्दै आएको भएपनि स्थानीय सरकार मौन बस्दै आएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content