खोलाको अबस्था हेर्दा राज्यनै नभएको अनुभुती भयो – प्रजिअ घिमिरे

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 507 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

गुरुप्रसाद गौतम
बारा । बाराको निजगढमा रहेको लाल बकैया खोलाको स्थलगत अनुगमन गर्दै बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले खोलाको अबस्था हेर्दा राज्यनै नभएको अनुभुती हुने गरी दोहन भएको बताउनु भएको छ । राजमार्गमै रहेको र हरेक सुरक्षाकर्मीको पहुचमा रहेको ठाउमा सुरक्षा निकायकै प्रमुखहरुका अघि प्रजिअ घिमिरेले राज्य छ भन्ने अनुभुतिनै नहुने गरी खोलाको दोहन भएको बताउनु भएको हो ।

खोलाको तलदेखि माथिसम्म अनुगमन गरयौ । समाजै लागेर दोहन गरेको जस्तो देखियो । हामी आउदा दोहन गर्ने सवारी फेला नपरेपनि खोलाको अबस्था हेर्दा खोलाको निकै उत्खनन भईरहेको र धेरै निकासी भएको देखिन्छ । खोलाको दोहन नियन्त्रण गर्न हामी सबै सरोकारवालाले दोहन नियन्त्रण गर्न कडाईकासाथ प्रबन्ध मिलाउछौ प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भएको छ ।

उहाँले अनुगमन पछि प्रमुख जिल्ला अधिकारी घिमिरेले अबैधरुपमा भईरहेको नदीजन्य पदार्थ उत्खनन रोक्न निर्देशन दिनु भएको छ । मंगलबार साझ बाराको निजगढमा रहेको लाल बकैया खोलाको अनुगमन पछि सो निर्देशन दिनु भएको हो । घिमिरेले खोलाको अनुगमन पछि निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक शुरेश काफले र शसस्त्र प्रहरी उपरिक्षक टोप बहादुर डागीलाई सो निर्देशन दिनु भएको हो ।

उहाँले क्रसरको श्रोत खोज्नु पर्ने कहाँबाट यत्तिको परिणाम आएको हो बताउदै स्टक र भ्याट हेर्ने पनि काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले नेपाल क्रसरले अबैधरुपमा डयाम क्षेत्रमा खनेको बताउदै तत्काल पत्र काटेर कार्वाही गर्न नगरपालिकालाई निर्देशन दिनुभयो । क्रसरले डयामको जगसम्म सार्वजनिक जग्गामा खाडल बनाई ढुङगा निकालेर माटो पुरेको देखेपछि खाडल बनाएको नाम जाँच गरी कार्वाही नगरे आफुले कार्वाही गर्ने बताउनु भयो ।

अनुगमनमा जिल्ला समन्वय समितिका उपसभापति चन्द्रिका सापकोटा उप्रती, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, प्रशासकीय अधिकृत अजय बर्तौला, प्रशासन प्रमुख रबिन घिमिरे, आलेप दिनेश श्रेष्ठ, ईन्जिनियर नविन घिमिरे, डिभिजन वन कार्यालय बाराका अधिकृत सुचना अधिकृत जवाहरलाल प्रसाद कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

खोलाको अनुगमन आउने खबरले दैनिक उत्खनन गर्दै आएका ट्रयाक्टर लगायत क्रसर उद्योग बन्द गरेका थिए । खोलाको अबैध उत्खननमा केही राजनैतिक दलहरु र प्रहरीको समेत मिलोमतो रहेको स्थानीयले आरोप लगाएका छन । नगरपालिकाले खोलाको बिधिबत ठेक्का नलगाई सकेको अबस्थामा अनुगमनमा खोलामा १० देखि १५ फिटसम्म गहिरो खाडल बनाएको भेटिएको हो । ठेक्का नलाग्दै कसरी घाटगद्यी प्रमाणित भयो, के आधारमा नगरपालिकाले रसिद काटेको हो लगायतको प्रश्न प्रमुख जिल्ला अधिकारी घिमिरेले नगरपालिकालाई प्रश्न गर्नु भएको थियो ।

 

 

 

 

शेयर
प्रतिक्रिया
Skip to content