निजगढ नगर घेदुङले माघ २८ गते सोनाम ल्होछार मनाउने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 764 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाल तामाङ घेदुङ बारा निजगढ नगरले माघ २८ आइतबार सोनाम ल्होछार मनाउने भएको छ । आफ्नो भाषा धर्म, संस्कार र संस्कृति संस्कारको संरक्षण गरौ, आफनो पहिचान र अस्तित्वको लागि एक हौं भन्ने मुल नारा सहित हुन लागेको कार्यक्रममा राष्ट्रिय तामाङ कलाकारहरुको वेजोड प्रस्तुति रहे भएको हो ।

ल्होछार कार्यक्रम निजगढको बुद्धचोकमा विहान १० बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म चल्नेछ । कार्यक्रममा विभिन्न खालको तामाङ संस्कृतिक गीतसंगीत, नृत्य र लामा बोम्बो झाँकीसहित लच्क सम्म शान्ति र्‍याली हुने आयोजकका प्रेस संयोजक उमेश घलानले बताएको छ ।

तमाङ समुदायले मञ्जुश्री सम्बत् लाई आधार मानेर ल्होछार मनाउँदै आएको छ । यो बर्ष २८६० औं मञ्जुश्री सम्बत हो । बाह्रवटा विभिन्न जनावरलाई आधार मानेर बर्ष गनिने चलन अनुसार यो बर्ष ूडुकू ल्हो अर्थत ूगडुलू बर्ष हो । ूगडुलू फरक फरक स्थानीय तामाङ भाषामा ूमुू ल्हो पनि भन्ने गरिन्छ । निजगढमा बसोबास रहेका तामाङहरु घेदुङ्ग गठन पश्चात् यो निजगढ नगर कमिटीले पहिलो सोनाम ल्होछार मनाउँन लागेको हो ।

निजगढ नगर घेदुङ समितीको मघ २४ गते बुधबार नगर घेदुङको कार्यालयमा बसेको बैठकले उक्त ल्होछार कार्यक्रम मनाउने निर्णय गरेको हो । सो बैठकले नगर घेदुङका कार्यसमितिहरुलाई विभिन्न कार्यहरु ९ वटा विधा तोकेको छन । २४ गते बुधबार बसेको बैठकले विभिन्न योजना बनाई ९ बुदे निर्णय समेत सर्वसम्मत पारित गरेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content