सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्री विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनु भएको छ ।
आयोगले वडा अध्यक्षलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिइएको अवस्थामा पक्राउ गरेको थियो। उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको हो ।