टिपरको ठक्करले राष्ट्रिय अनुसंन्धानका पुर्व डिएसपी बिष्णु थापाको मृत्यु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 136 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा २४ माघ
टिपरको ठक्करबाट राष्ट्रिय अनुसंन्धानका पुर्व डिएसपी बिष्णु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । पिलुवाबाट ना ३० प ९८३० नम्बरको मोटरसाईकलबाट कलैया तर्फ आउदै गरेका अवस्थामा कलैयाबाट पिुवा तर्फ जादै गरेको ना ८ ख २१९५ नम्बरको टिपरले बुधवार बेलुका साढे ७ बजेको समयमा बडहर्वा चोकमा ठक्कर दिदा गम्भिर घाईते भएका थापाको उपचारको क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरी प्रवतmा दधीराम न्यौपानेले जानकारी दिए ।

कलैया उपमहानगरपालिका वडा नम्बर ७ बरेवा निवासी थापा राष्ट्रिय अनुसंन्धान कार्यालय कलैयामा लामो समय कार्यरतm रहेको थियो । ठक्कर दिने टिपर प्रहरीको नियन्त्रणमा रहेको रहेको छ भने चालक भने फरार रहेको अनि चालकलाई तिब्र रुपमा खोज तलास भईरहेको प्रवतmा न्यौपानेले बताउनु भयो । शव भने प्रादेशिक अस्पताल कलैयाको शव गृहमा राखिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content