बारा । बाराको निजगढ नगरपालिका वडा नं. ७ रोहित वर्कशपमा बम जस्तो देखिने शंकास्पद बस्तु पड्किदा घाईते मध्येका थप दुई सहित तीनको मृत्यु भएको छ । घाईते मध्येका मृत्यु हुनेमा भारत गवाही बस्ने ३५ बर्षिय राकेश जयसवाल र विरगंज महानगरपालिका वडा नं. ९ वस्ने ३४ का बस्ने बर्ष २० को रितु रजत रहेका छन ।
उनीहरुको बयोधा अस्पताल बिरगन्जमा मृत्यु भएको हो । यस अघि सो घटनामा बर्कशप सञ्चालक निजगढ नगरपालिका ९ का रेशम जर्घा मगरको घटनास्थलमानै मृत्यु भएको थियो ।
कवाड संकलन गरी हिड्ने कवाड सञ्चालक राज जैसवालले सो बम जस्तो देखिने बस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएका र बर्कशपमा काट्ने क्रममा सो बम जस्तै देखिने बस्तु विस्फोट हुदा सो घटना भएको हो । सो बस्तु कहाँबाट कसरी आयो भन्ने सबैको चासोको बिषय छ ।
यता अनुसन्धानमा खटेको प्रहरीले सिसिटिभी हेर्ने र सो बिक्रीमा सम्लग्न रहेकाहरुको पहिचानका लागि रातीनै दुई स्थानमा छापामारी गरी थप मानिस पक्राउ गरेको छ ।
सख्त घाईतेहरुमा विरगंज महानगरपालिका वडा नं. ९ वस्ने ३४ का फिरोद देवान र भारत राम गढवा बस्ने बर्ष २० को अरीवन साह रहेका छन ।
रोहित वर्कशपमा बम जस्तो देखिने बस्तु ल्याउने नजिकै कवाड पसल संञ्चालन गर्दै आएका भारत निवासी राज जैसवाल र उनकी श्रीमति शुशिलादेवी जैशवाललाई घटनास्थलबाट भारत भाग्नेक्रममा प्रहरीले पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक शुरेस काफलेले बताउनु भएको छ ।
काफलेका अनुसार विस्फोट भएको बस्तु हेर्दा बम जस्तै देखिएको र त्यो कहाँबाट आयो र कसरी विस्फोट भयो यसको अनुसन्धान भइरहेको र केही दिनपछि जानकारी गराउने बताउनु भएको छ ।
अनुसन्धानमा खटेका एक सुरक्षाकर्मीका अनुसार उक्त बस्तु प्रोजेक्टाईल ईन्टेरियर भएको आशका गरिएको छ । सो बिस्फोटन भएको बस्तुमा ईन्डियन फिल्ड गन १०५ एच ई प्रोजेक्टाईल रहेको छ ।
यता रोहित वर्कशपमा शंकास्पद वस्तु बिस्फोट भएको प्रति निजगढ स्थित सबै राजनीतिक दलहरू र नगरप्रमुख सुरथ पुरीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । हृदयविदारक घटना प्रति गहिरो दुःख व्यक्त गर्दै घटना संकास्पद वस्तु बिस्फोट भएको देखिएकोले उक्त घटनाको सम्बन्धित निकायबाट छानविन गरी सत्यतथ्य सार्वजनिक र घाइतेहरूको उचित स्वास्थ्य उपचारका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसंग माग गरेका छन ।