महासंघ निर्वाचन : ६ जना प्रदेश सदस्यको मतपरिणाम सार्वजनिक

तराइ संचार
तराइ संचार 676 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वागमती प्रदेश बाहेक सबैप्रदेशका केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्ने ७ जनामध्ये ६ जनाको मतपरिणाम आएको हो । जस अनुसार प्रदेश १ बाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका हुन । प्रदेश २ बाट विजयकुमार साहले १२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विनोदप्रसाद साहको शून्य मत आएको छ । गण्डकी प्रदेशबाट बाबुराम गिरी, लुम्बिनी प्रदेशबाट जमसेद मियाँ, कर्णाली प्रदेशबाट लालीमान बुढा र सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुमार विजयी भएका छन । बाग्मती प्रदेशको मत परिणम भने आउन बाँकी छ ।

 

शेयर
प्रतिक्रिया
Skip to content