निजगढ ९ को वाक्यश्वर मन्दिरमा शिवरात्री दोहोरी साँझ हुने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 486 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा–बाराको निजगढ–९ ठाडोलाईनस्थित वाक्यश्वर महादेव मन्दिर परिषरमा महाशिवरात्रीको अवसरमा दोहोरी साँझ कार्यक्रम आयोजना गरिने भएको छ ।

फास्ट ट्रयाक मिडिया प्रा.लि. को आयोजनामा हुन लागेको दोहोरी साँझमा लोक दोहोरी समुह निजगढका कलाकारहरुले दोहोरी प्रस्तुत गर्नेछन् ।

 

कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ९ को कार्यालयको सहयोग तथा वाक्यश्वर मन्दिर समितिको व्यवस्थापनमा कार्यक्रम हुन लागेको आयोजक समितिका अध्यक्ष महेश्वर अधिकारीले जानकारी दिए ।

महाशिवरात्रीको अवसरमा वाक्यश्वर महादेव मन्दिर परिषरमा साँझ ६ बजे शिवध्वनी बालेपछि दोहोरी कार्यक्रम सुरु हुने मन्दिर समितिका राजन श्रेष्ठले जानकारी दिए । शिवरात्रीको अवसरमा लाख बत्ती बाल्ने र प्रसाद वितरण कार्यक्रम समेत आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

शेयर
प्रतिक्रिया
Skip to content