निजगढ नगरपालिकाको नगर सभा तेह्रौं अधिवेशन सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 291 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा–निजगढ नगरपालिकाको नगर सभा तेह्रौं अधिवेशनको बैठक सम्पन्न भएको छ ।  नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको हो । हिउँदे अधिवेशनमा नगर उपप्रमुख सोममाया थिङ्गले स्वागत मन्तव्य राखेकी थिईन् ।

नगर उपप्रमुख सोममाया थिङ्ग

अधिवेशनमा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को फाल्गुन मसान्तसम्म कार्यान्वयन भएका बार्षिक योजना तथा कार्यक्रमहरुको समिक्षा तथा प्रगती विवरण प्रस्तुत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला

अधिवेशनमा विधेयक समितिका संयोजक तथा नगर सभा सदस्य टेक बहादुर लामाले निजगढ नगरपालिकाको भाषा, साहित्य ,कला तथा संस्कृति प्रतिष्ठान विधेयक, २०८०, निजगढ नगरपालिकाको खेलकूद विधेयक, २०८० पेश गरेका थिए । निजगढ नगरपालिकाका उपप्रमुख थिङले चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत केही बार्षिक योजना तथा कार्यक्रममा संशोधन तथा हेरफेरका लागि पेश गरेकी थिईन् ।  बैठकमा पेश भएका विधेयक तथा प्रस्तावहरुको निजगढ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नं. ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना र वडा नं. ४ का वडा अध्यक्ष विशन सापकोटाले समर्थन गरेका थिए ।  संशोधनका लागि पेश हुन आएका विधेयक एवं प्रस्तावहरु उपर नगर सभा सदस्यहरुले छलफलमा भाग लिई आफ्नो धारणा राखेका थिए । नगर सभामा पेश हुन आएका विधेयकहरुको एवं चालु आर्थिक वर्ष २०८०/०८१ को केही वार्षिक योजना तथा कार्यक्रमको संशोधन तथा विविध प्रस्तावहरु उपस्थित नगर सभासदस्यहरुले सर्वसम्मतीमा पारित गरेका थिए ।

नगर प्रमुख एवं सभाध्यक्ष पुरीले विधेयकको संशोधन एवं नगर सभा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका विधेयक समिति, नगर कार्यपालिकाका सदस्यहरु, नगर सभा सदस्यहरु, नगर कार्यपालिकाको कार्यालय, निजगढका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुखहरु एवं कर्मचारीहरुलाई धन्यवाद दिदै निजगढ नगरपालिकाको चालु तेह्रौं अधिवेशनको अन्त्य गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content