एमाले बाराको अधिबेशन आज केहिबेरमा मतदान हुदै , संस्थापन र ईतर पक्ष प्यानल सहित निर्वाचनमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 593 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय
कलैया । नेकपा एमाले बाराकोे ११ औ जिल्ला अधिवेशनको मतदान आज केहीबेर पछि हुने भएको छ। निर्वाचन समितिका सदस्य गोकुल घोरसाईनेका अनुसार मतपत्र छपाउने काम तिब्ररुपले भईरहेको छ, मतपत्र छपाई भएर आउने बित्तिकै मतदान शुरु गर्छौ । अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएकोमा स्वतन्त्ररुपले उम्मेदवारी दिएका अध्यक्ष पदका उम्मेदवार अनिल कुमार मैनालीले फिर्ता लिएका छन । यस अघि पुरै दुई दिन सहमति गराउने प्रयास गरेपनि अध्यक्ष पदमा सहमति हुन नसक्दा चुनावी प्रक्रियामा गएको हो ।
  घोषणा गरी यो र त्यो समुह नभने पनि संस्थापन ओली समुह र ईतर समुह प्यानलनै बनाएर निर्वाचनमा होमिएका हुन । संस्थापन पक्षको नेतृत्व पोष्टिब्युरो सदस्य पुर्व पार्टी अध्यक्ष अच्चुत मैनाली, कृषि तथा पशुपंक्षी मन्त्री ज्वाला कुमारी साह, पुर्व मन्त्री एकवाल मिया, संविधान सभा सदस्य बलबिर चौधरी, प्रदेश साँसद महम्द समिर, पुर्व जिल्ला अध्यक्ष सुन्दर बिकको सर्मथन रहेको छ । त्यसैगरी ईतर समुहको नेतृत्व पोलिष्ब्युरो सदस्य पूरुषेत्तम पौडेल, प्रदेश साँसद  रबिन्द्रास श्रेष्ठ, कलैया उपमहानगरपालिका नगरप्रमुख बर्तमान अध्यक्ष बिनोद साह, मधेस प्रदेश प्रदेश कमिटिका सचिव मनोज पौडेल,  प्रदेश साँसदहरु त्रिलोकी चौधरी, देवनारायण चौधरीको सर्मथन रहेको छ ।
    दुवै समुहले प्यानल सहित  उम्मेदवारी दर्ता गरेका छन । पौडेल समुहबाट अध्यक्षमा अध्यानन्द पाण्डये, उपाध्यक्षमा नारायण गौतम, सचिवमा एमसमिउल्लाह, उपसचिवमा धनीराम चौधरी, महिला उपसचिवमा कमला घिमिरेले उम्मेदवारी दर्ता गराएका छन भने संस्थापन ओली समुहबाट अध्यक्षमा टिना सुवेदी, उपाअध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत बजगाई, उपसचिवमा जवाहिर अंसारी र महिला उपसचिवमा भावना आचार्य सहितको उम्मेदवारी दर्ता भएको हो ।
सचिवमा भिखारी साह, मखन पासवान र उपसचिबमा ईनरदेव महतो कोइरीले समुह विनै स्वतन्त्र उम्मेदवारी दर्ता गरेको एमाले नेताहरुले बताएका छन ।  अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, १ खुल्ला उपसचिब र १ महिला उपसचिब पदका लागि अध्यक्ष २ , उपा २  सचिब ४  महिल उपसचिब २, खुल्ला उपसचिब २ जनाले प्रतिस्पर्धा गर्ने भएका छन । कुल १ सय २५ सदस्यीय जिल्ला कमिटीका लागि २७२ जनाले उम्मेदवारी उम्मेदवारी परेको हो ।
 अधिबेशनमा  ८ सय ३० जना मतदाता रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनका लागि कलैया उपमहानगरपालिकाको १ सय ५० , जितपुरसिमराको ११७ र निजगढ नगरपालिकामा सबैभन्दा बढी मत निर्णायक रहेको स्रोतको दावी रहेको छ ।  यसैविच लेखा समितिको अध्यक्षमा रमेश सापकोट, उपाध्यक्षमा जयमिनलाल यादव निर्बिरोध निवाचित हुनु भएको छ ।
शेयर
प्रतिक्रिया
Skip to content