चार स्थानिय तहमा १५ शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास

तराइ संचार
तराइ संचार 1.6k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारामा चार स्थानिय तहमा १५ शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास गरिएको छ ।

आजै देशभर तीन सय ९६ वटा स्थानीय तहमा एकै साथ आधारभूत अस्पतालको शिलान्यास गर्न मन्त्रालयले सम्वन्धित स्थानीय तहहरुलाई पत्राचार गरेानुसहार  प्रति करिव १८ करोड लागत अनुमानमा निर्माण हुने भवनहरुको सम्वन्धित स्थानीय तहका प्रमुखले शिलान्यास गर्ने कार्यक्रम थियो । सोही कार्यक्रम अनुसार जिल्लाको निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, फेटा गाउँपालिका र सुवर्ण गाउँपालिकामा एकसाथ अस्पतालको सोही पालिका प्रमुखहरुबाट शिलान्यस गरिएको हो ।

बाराको निजगढ नगरपालिकाको वडा नंंं.९ स्थति प्राथमिक स्वाथ्य केन्द्र परिषरमा निर्माण गर्न लागेको अस्पलातको एक कार्यक्रमका विच नगरप्रमुख सुरेश खनाल तथा उपप्रमुख लिलादेवी लामिछाने खनालले शिलान्यास गरे ।

छिट्टै डिपिआर बनाई दुई वर्ष भित्र सञ्चालन गर्ने गरी तयारीमा काम अघि बढाईने निजगढ नगरका नगरप्रमुख सुरेश खनालले बताए ।

अस्पताल निर्माण पश्चात दक्ष चिकित्सक सहित अत्यावश्यक सवै सेवाहरु सञ्चालन हुने उनले बताए ।संघीय सरकार, स्वास्थ्य मन्त्रालयको बजेट र भवनको डिजाईन प्राप्त भईसकेपनि डिपिआर तथा खर्च ईष्टिमेट गर्न वाँकी रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content