बारा । नेकपा एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय बिजयी भएका छन् । पाण्डेयले प्रतिस्पर्धि टिना सुबेदीलाई ३४ मतले पराजित गर्नु भएको हो । नेकपा एमाले बाराको कुल ८३३ मतदाता रहेकोमा अधिबेशनमा कुल ७२० जनाले मतदान गरेका थिए । अध्यक्षमा बिजयी पाण्डेयले ३७७ र सुवेदी ३४३ मत ल्याउन सफल हुनु भएको हो । पदाधिकारीमा भने सबै सुबेदी समुहका बिजयी भएका छन । बिजयी भएका पाण्डेय लगातार तीन कार्यकाल सचिब चलाएका छन भने कर्मचारी त्यागेर राजनितिमा आउनु भएकी सुबेदी एमाले बाराको उपाध्यक्ष हुनु हुन्थ्यो ।
चैत्र १९ गते देखि शुरु भएको ११ औ बारा जिल्ला अधिबेशनमा पटक पटक सहमतिको प्रयास गर्न खोजेपनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।
सुबेदी प्यानलबाट उपाध्यक्ष, सचिब उपसचिब र महिला उपसचिब बिजयी भएका छन । पाण्डेय समुहका उपाध्यक्ष नारायण गौतमले ३४० मत ल्याउदा सुबेदी प्यानलका भुलन चौधरीले ३६४ मत ल्याई बिजयी भएका हुन ।
त्यसैगरी सचिव पदमा सुवेदी प्यानलका अमृत शर्मा बजगाई बिजयी भएका छन । बजगाईले ३६३ मत ल्याउदा प्रतिस्पर्धि एम समिउल्लाहले ३२६ मत ल्याउन सफल भए ।
त्यसैगरी उपसचिव खुल्लामा सुबेदी प्यानलकै जवाहिर अन्सारी बिजयी भएका छन । अन्सारीले ३५७ मत ल्याउदा अर्का प्रतिस्पर्धि धनिराम चौधरीले ३४१ मत ल्याउन सफल भए ।
त्यसै पदाधिकारी तर्फनै महिला उपसचिव भावना आचार्य लक्ष्मी बिजयी भएकी छिन । आचार्यले ३६८ मत ल्याउदा प्रतिस्पर्धि कमला घिमिरेले ३२५ मत प्राप्त गरिन । पार्टीले गुट बनाएर लड्न नपाउने भनेपनि संस्थापन समूह र ईतर समुहले छुट्टा छुट्टै समुहनै बनाएर प्रतिस्पर्धा गरेका थिए । संस्थापन समुहको नेतृत्व पोलिटब्युरो सदस्य अच्युत मैनाली र ईतरको नेतृत्व पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले गरेका थिए । सदस्यहरुको मत गणना गर्न बाकी रहेको छ । आज सदस्यहरुको मत गणना गर्ने कार्यतालिका छ ।