खेलकुद जगतमा नयाँ युगको सुरुवात भएको घोषणा – युवा तथा खेलकुद मन्त्री श्रेष्ठ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 102 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले नेपालमा खेलकुद जगतमा नयाँ युगको सुरुवात भएको घोषणा गरेका छन् ।
१४ औ जीतपुर सिमरा गोल्डकप २०८० को उद्धघाटन कार्यक्रममा बोल्दै खेलकुद मन्त्री श्रेष्ठले सो कुरा बताउनु भएको हो । खेलकुद क्षेत्रलाई सफल बनाउन सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उनले आग्रह गर्दै स्थानीय र प्रदेश सरकारको सहयो बिशेष हुनु पर्ने उहाँले बताउनु भयो ।

‘खेलकुद क्षेत्रलाई सफल बनाउन ३० औ वर्षदेखिका बेथितिहरुलाई सफा गर्दै सम्भावनाहरुलाई खोज्नु पर्नेछ’ मन्त्री श्रेष्ठले भने ‘खेलकुदलाई अव व्यवसायीक बनाउदै लैजान विश्वविद्यालयसँग नै सम्झौता गरेर अगाडी बढ्ने तयारी भईरहेको उहाँले बताउनु भएको छ ।

मन्त्री श्रेष्ठले प्रकिया पुर्याएर निर्णय गरेर ल्याएमा सिमरा रंगशाला अधुरो निमार्ण कार्य सम्पन्न गर्न चालु आर्थिक वर्षमै आर्थिक सहयोग गर्न आफु तयार समेत बताउनु भएको छ ।

   यो बजेटमा सिमराको स्टेडियमलाई दिर्घकालिन योजनामा राख्न हामी साथमा साथ दिन तयार छौ’ मन्त्री श्रेष्ठले भने ‘गतवर्ष १ करोड ४० लाखमा अलिकति पूर्वाधार त बनेको रहेछ अव त्यसले राम्रोसँग निरन्तरता पायो भने यसले ११ औ राष्ट्रिय खेलकुदलाई समेत होस्ट गर्न सक्ने देखिएकोले बाँकी पूर्वाधार निमार्णको लागि केही बजेट सुनिश्चित गर्नेछौ’ उनले बताए ।

जनजागृति युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख राजन पौडेल, खेलकुद क्षेत्रकाहरुले मन्तब्य ब्यप्त गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content