कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ ।
स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक बिहान ९ देखि अपराह्न १२ बजेसम्म र साँझ ६ देखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
बिहानको समयमा ३ घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालय हेटौँडाबाट जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। सो नियमअनुसार आगामी जेठ १५ गतेसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ ।