बारा । उद्योगहरुको सुरक्षा हुन नसक्दा आगलागिबाट बारा पर्साका उधोगहरुमा बर्षेनी करोडौको क्षति हुने गरेको उधोगीहरुले बताएका छन ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण हेडक्वाटर पिलुवा बाराले आयोजना आज शुक्रबार गरेको औधोगिक बहु–प्रकोपीय जोखिम न्युनिकरणमा पुर्व तयारी र प्रतिकार्य सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागि उधोगीहरुले यस्तो बताएका हुन ।
औधोगिक सुरक्षामा सरकारको ध्यान जानु पर्ने बताएका हुन । आगलागिबाट बर्षेनि करौडौ रुपैयाको धनमाल जलेर नष्ट हुने गरेको बिरगन्ज उधोग बाणिज्य संघका कार्यबाहक अध्यक्ष हरि गौतमले बताउनु भएको छ । उहाँले पटक पटक सरकारसग उद्योगमा हुने आगलागिबाट बचाउन आगो नियन्त्रक बारुणयन्त्र माग गरेपनि नपाएको उनले बताए ।
बारा पर्सामा झण्डै ८ सय उधोग सञ्चालनमा भएपनि उधोगले सुरक्षा अधिकृत नराखेको र भएका जनशक्तिलाई सुरक्षा सम्बन्धि प्रशिक्षण समेत नदिएको उनले बताए । करौडौ रुपैया लगानी गरेर उधोग स्थापना गरेका उधोगीहरुले सुरक्षामा ध्यान नदिएकोले बर्षेनि क्षति ब्यहोर्नु परेको उनले बताए । यीनै समस्या उधोगलाई लक्षित गरि सशस्त्र प्रहरी बलले औधोगिक बहु–प्रकोपिय जोखिम न्युनिकरण सम्बन्धि कार्यक्रम बारामा आयोजना गर्नु परेको सशस्त्र प्रहरी बलको छिन्नमस्ता महोत्तरीका बाहिनिका बाहिनिपति दिपेन्द्र शाहले बताउनु भएको छ ।
आगलागि जस्ता बिपदबाट उधोगको सुरक्षा गर्न कार्यक्रमको आयोजना गरी आफुहरुको आंखा खोलेकोमा धन्यबाद दिंदै अगामी दिनमा मधेश प्रदेशका उधोगहरुमा सुरक्षा अधिकृत राख्न निर्देशन दिने र बेलाबेला उनीहरुलाई जोखिम न्युनिकरण तालिमको आयोजना गर्न आफुले पहल गर्ने मधेस प्रदेश उधोग बाणिज्यका अध्यक्ष अशोक टेमानीले बताउनु भयो । नगर उद्योग बाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न दुई दिने अभिमुखिकरण कार्यक्रममा आयोजक पिलुवाका शसस्त्र प्रहरी उपरिक्षक मोहन बस्नेत क्षेत्री , उद्योगीहरु शम्भुनाथ झा, युवराज सुबेदी लगायतले आगलागिबाट भएको क्षति र बच्न गर्नुपर्ने उपाय बारे बोल्नु भएको थियो ।
तालिममा बारा र पर्साका उधोगी, सुरक्षानिकायका प्रमुख प्रतिनिधिहरु, आयल निगम अमलेखगन्जका प्रमुख बिनितमणी उपाध्याय, ईलाका प्रशासन सिमरा, ईलाका प्रहरी सिमराको उपस्थिति रहेको थियो । कार्यक्रममा आज सुरक्षा सम्बन्धि सैदान्तिक तालिम दिने र शनिबार स्थानिय उधोगमा प्रयोगत्मक अभ्यास गराउने जनाएको छ ।