निजगढमा महिलाहरुमा पाठेघर खस्ने  समस्या अत्यधिक १०९ को उपचार

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 341 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
oplus_1024

निजगढ । बाराको निजगढमा महिलाहरुमा पाठेघर खस्ने समस्या अत्यधिक रहेको बताईएको छ । निजगढमा सञ्चालित क्लिनिकमा मात्र १०९ जना पाठेघर खसेका बिरामी फेला पारी उपचार भएको छ ।

हेल्थ नेपाल मिडिया प्रा. ली. र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र टेकु काठमाण्डौले शुक्रबार बाराको निजगढमा आयोजना गरेको पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरुसग अन्तक्रिया कार्यक्रम गरी सो बारे जानकारी दिईएको हो ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले पालिकाले महिलाहरुको समस्या समाधानमा काम गरी रहेको र आगामी दिनमा समेत काम गर्ने बताउनु भएको छ । उहाँले महिलाहरुमा पाठेघर खस्ने समस्या अत्यधिक देखिएको बताउदै महिलाहरुको स्वास्थ्य र प्रजनन समस्या निराकरण गर्न केन्द्र सरकारको समेत ध्यान जान जरुरी रहेको बताउनु भएको छ ।

oplus_1024

कार्यक्रममा निजगढ नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला प्रजनन प्रवद्र्धन एकिकृत स्वास्थ्य क्लिनिकमा हालसम्म १०९ जना पाठेघर खसेका महिलाहरुले उपचार गराएको क्लिनिककी फोकल पर्सन रामप्यारी तिमल्सिनाले बताउनु भएको छ । निजगढका महिलाहरुले बिशेष लाभ उठाउदै आएको बताउदै महिलाहरुको प्रजनन सम्बन्धि सबै प्रकारको उपचार गराउने भने दुई हजार बढीले लाभ लिएको बताउनु भयो । समाजमा पाठेघर खस्ने समस्या अत्यधिक रहेकोले यसको रोकथामका लागि मिलेर काम गर्नु पर्ने बताउनु भयो ।

हेल्थ आवाजका कार्यकारी सम्पादक भिसा काफलेले सहजिकरण गर्नु भएको कार्यक्रममा नारायणी उपक्षेत्रिय अस्पताल बिरगन्जका बरिष्ट स्त्री रोग बिशेषेज्ञ डाक्टर मञ्जु रायले महिलाहरुमा पाठेघर खस्ने समस्या अहिले ठुलो चुनौती बनेको बताउनु भयो । उनले उपचार गराउन समयमै नआउने गरेका कारण धेरै महिलाहरु उच्च जोखिममा पर्ने गरेको बताउनु भयो ।

oplus_1024

कार्यक्रममा मकवानुर जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला सह न्याधिवक्ता बिष्णु कुमारी चौधरीले कानुनमा महिला र स्वास्थ्यका हक अधिकार बारे जानकारी गराउदै तीनै तहका सरकारले कार्यक्रम गरी समस्याको निराकरण गर्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा बाराका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।  साभार तराई सञ्चार राष्ट्रिय दैनिक

शेयर
प्रतिक्रिया
Skip to content