पुरुषका लागि गर्भनिरोधक खोप बजारमा उपलब्ध हुने

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पुरुषका लागि गर्भनिरोधक खोप बजारमा उपलब्ध हुने भएको छ । यो खोप एकपटक लगाएपछि १३ वर्षसम्म प्रभावकारी हुने अनुसन्धानमा पत्ता लगाइएको छ ।पुरुषका लागि गर्भनिरोधको एउटा मात्रै उपाय कण्डम थियो । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का अनुसार पुरुषका लागि बनाइएको उक्त खोप विश्वस्तरीयरुपमा सुरक्षित, प्रभावकारी र लामो समयसम्मका लागि उपयोगी साबित हुनेछ । यसको प्रयोग ३०० जना पुरुषमा गरिएको छ । तीन पटकसम्म चलेको उक्त क्लिनिकल ट्रायलमा साइड इफेक्ट नभेटिएको आईसीएमआरले जनाएको छ ।

आईसीएमआरका सीनियर वैज्ञानिक डा. आर एस शर्माका अनुसार तयार भएको उक्त खोपका लागि भारतीय सरकारको स्वीकृति आवश्यक रहेको छ । ट्रायलमा उक्त खोपको प्रभावकारीता ९७.३ प्रतिशत भएको डा. शर्माले जनाएका छन् । उक्त खोप संसारकै पहिलो पुरुष गर्भनिरोधक खोप हुनसक्ने डा.शर्माले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content