बारा । बाराको सिमरामा रहेको जगदम्बा स्टिललाई तत्काल प्रदुषण नियन्त्रण गर्न संसदीय समितिले निर्देशन दिएको छ । बाग्लो बस्तीमा रहेको उद्योगको प्रदुषण उच्च रहेको र उद्योगले सार्वजनिक एैलानी जग्गा अतिक्रमण गरेको उजुरी अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेपछि प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्र्तगतको उद्योगहरुको अध्ययन, अनुगमन उपसमिति संयोजक रेखा यादवले जगदम्बा स्टिलको अनुगमन गर्दै सो कुरा बताउनु भएको हो । उहाले उद्योगलाई तत्काल प्रदुषण नियन्त्रण प्रकियामा जान निर्देशन दिएकी हुन् ।
उपसमितिले आज बाराको जगदम्बा स्टिल भित्र स्थलगत अनुगमन गरेर सो निर्देशन दिएको हो ।
अनुगमनमा क्रममा उपसमिति संयोजक रेखा यादवले पैसा कमाउनका लागि जनताको जिवन लिने अधिकार कसैलाई नभएको बताउनु भयो । तपाईहरुले कसैको जिवन खोस्न पाउनु हुन्न’ उपसमिति संयोजंक यादवले जगदम्बा उद्योगका प्रतिनिधि प्रति आक्रोशित हुदै बताउनु भयो । भर्खरै स्थलगत अनुगमनका क्रममा आफ्नै आँखाले प्रत्यक्ष देखेको प्रदुषणको कुरालाई हामीले बोल्नैपर्छ, तपाईहरुले होईन भनेर हामीले पत्याउदैनौ, हाम्रो रिपोर्टमा यो कुरा जान्छ’ उनले बताईन ।
जगदम्बाले अतिक्रमण गरेको पर्सा राष्ट्रिय निकुञ्जको जग्गा र ५० औ वर्ष पुरानो भाङग्रे खोलाको समेत स्थलगत अनुगमन गरेकी थिईन् । अनुगमन पश्चात उपसमिति संयोजक यादवले जगदम्बा स्टिलबाट निस्किएको प्रदुषण र लेदो पानी तत्काल नियन्त्रण गर्न निर्देशन दिएकी हुन् ।
उनले उद्योगभित्र स्थलगत अनुगमनको क्रममा मजदुरहरुले हेलमेट, जुत्ता लगायतका सुरक्षा साम्रगी प्रयोग नगरेको समेत बताएकी छिन् । ‘उद्योगभित्र भट्टीमा काम गर्ने मजदुरहरुले हेलमेट, जुत्ता, पन्जा लगायत सुरक्षा साधनहरु लगाएका थिएनन्, उद्योगमा मजदुरहरुलाई सुरक्षा साम्रगी लगाउन उद्योगले बाध्य पानुपर्छ’ यादव बताउनु भयो ।
‘उद्योग छेउको मध्यवर्ती क्षेत्रका सबै रुखहरु सुकेका छन्, उजाड भएको अवस्था हामीले देखेका छौ, तपाईहरुले प्रदुषण नियन्त्रण गरेको छु भनेर कसरी पत्याउने’ अनुगमनको क्रममा उद्योगहरुले आफ्नो बदमासीलाई जबरजस्ती सकारात्मक देखाएर प्रस्तुत गर्न नहुने उपसमितिको भनाई छ ।
संघीय सांसद समेत रहेकी यादवले ‘जुन ठाँउमा उद्योग बस्छ, त्यस ठाँउमा उद्योगले रोजीरोटी दिन्छ भन्ने उद्देश्यले नै उद्योग बसाउन दिईन्छ तर, त्यसको लागि पनि स्थानियबासीहरुको स्वास्थ्यको लागि कसले सोचिदिने, त्यो उद्योगीहरुको दायित्व होईन ? ’उनले भनिन् ‘उद्योगभित्र नेपाली मजदुरहरुले काम जान्दैनन् भने तालिम दिएर भएपनि रोजगारी दिन सकिन्छ’
करिडोरको जगदम्बा स्टिलमा छिटफुट बाहेक अधिकाशं कर्मचारी, मजदुर, प्राविधिक भारतीय छन् । उद्योगभित्र हुने दुर्घटनामा वर्षेर्नी दर्जनौ भारतीय मजदुरहरुको मृत्यु हुने र सो घटनालाई उद्योग प्रशासनले गोप्य राख्ने गरेको छ ।
उपसमितिले भारतीय मजदुरहरुको पनि जिवनको सुरक्षा हुनेगरी मजदुरलाई काममा लगाउन जगदम्बा स्टिललाई निर्देशन दिएको छ । ‘भारतिय मजदुरहरुलाई हामीले मार्न ल्याउन पाइएन, मानविय क्षति त कही पनि गर्न भएन जनसुकै देशको नागरिक होस्’ उपससमिति सदस्य गणेश पराजुलीले भने ।
जगदम्बा स्टिल अनुगमन पश्चात सरोकारवाला निकायहहरुबिच भएको छलफलमा स्थानिय पालिकाका वातावरण प्राविधिक कर्मचारीहरुलाई उद्योगले भित्र प्रवेश गर्न नदिएको विषयमा समेत समितिले गम्भिर ध्यानाकर्षण जनाएको छ ।
‘सरकारी कर्मचारीले उद्योगमा अनुगमन गर्न नपाउने, केही भयो भने सिधा माथि कल जान्छ, माथि कल गरेर तलको मजदुरको ज्यान लिन पाईन्छ’ सदस्य पराजुलीले भनिन् ‘स्थानिय तहले उद्योगभित्र अनुगमन गर्न पाउनुपर्ने बताउनु भयो ।
अनुगमन समितिका अर्का सदस्य लक्ष्मि महतो कोईरी समेतको उपस्थिति रहेको थियो । जगदम्बा स्टिलको स्थलगत अनुगमन गर्न आएको संसदीय अनुगमन टोलीले अशोक स्टिल, हामा आईरन र २ वर्षदेखि बन्द रहेको साँख स्टिलको समेत अनुगमन गरेको छ ।
अनुगमनको क्रममा जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले उद्योगभित्र पार्किङ, शौचालयको व्यवस्थापन र मजदुरहरुलाई सुरक्षा साम्रगी प्रयोग र उद्योगभित्र हुने मानविय क्षतीको घटनामा उद्योगीहरुले चरम लापरवाही गरेको बताउनु भएको छ ।
उनले उद्योगहरुले २÷२ वर्षका अनिवार्य गनुपर्ने वातावरणीय प्रभाव मुल्याकंन अध्ययन प्रतिवेदन करिडोरका कुनैपनि उद्योगले पेश नगरेको उहाले बताउनु भयो । अनुगमनमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा, बाराका प्रमुख जिल्ला अधिकारी, सुरक्षानिकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो । सा. बारा दर्पण