सिमरा हाटबजारको मुद्यामा उपमहानगरपालिकाको पक्षमा अदालतको फैसला

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 260 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा ।  बाराको सिमरा बजार क्षेत्रमा अब सुबिधा सम्पन्न सपिङ्ग कम्प्लेक्स बन्ने भएको छ ।

अदालतमा उजुरी परेका कारण रोकिएको सपिङ्ग कम्प्लेक्सको काम अदालतले उपमहानगरको पक्षमा फैसला गरेसगै बन्ने भएको हो । हाट बजार क्षेत्रको अदालतमा परेको मुद्दामा जीतपुरसिमरा उपमहानगरपालिकाको पक्षमा अदालतले फैसला गरेको छ ।

जीतपुरसिमरा २ सिमरा रामजानकीमन्दिर र बस स्टैण्ड लगायतको हाट बजार क्षेत्रको स्थानीयले कब्जा गरी प्रयोग गर्दै आएको जग्गा पालिकाले मार्केट बनाउन लागेपछि अदालत पुगेका स्थानीय ब्यबसायीको मुद्यानै अदालतले खारेज गरेर उपमहानगरको पक्षमा फैसला गरेको हो ।


अनाधिकृत संरचना बनाएर कब्जा गर्दै आएका स्थानीय व्यवसायीले अदालतमा मुद्दा दायर गरेका थिए । सपिङ्ग कम्प्लेक्स बनाउने योजना अघि सोको उपमहानगरले बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन पटक पटक सुचना जारी गर्दै आएपनि स्थानीय अटेर गरी बाधक बन्दै आएको र अन्तमा अदालत गएका थिए । जसलाई हटाउन उपमहानगरपालिकाले पटक–पटक सूचना निकाल्दै आएको थियो । संरचना खाली गर्न एक वर्षअघि २९ बैशाख २०८० मा अन्तिम पटक भन्दै सूचना जारी गरेपछि व्यवसायीले अदालत गुहारेका हुन । एक बर्ष पछि उपमहानगरको पक्षमा अदालतको फैसला आएको हो ।

सिमरा बजारको मुद्दा खारेज भएसँगै सपिङ्ग कम्प्लेक्स बनाउन बाटो खुलेको उपमहानगरले जनाएको छ । नगर विकास कोषको लगानीमा आधुनिक सपिङ्ग कम्प्लेक्स बनाउन उपमहानगरले ६ वर्षअघि नै कोरियन कम्पनीमार्फत डिपिआर तयार गरि सकेको छ । ठेक्का आह्वानको तयारी गरेपनि अनाधिकृत संरचना बाधक बनेको कारण उपमहानगरले पटक पटक अनधिकृत कब्जा हटाउन सुचना जारी गरेको थियो ।


बर्षौदेखि कब्जा जमाएर सरकारी सम्पती कब्जा गरी आएकाहरुलाई सिमरा बजार खाली भएपछि जितपुर र बाकी सबै ठाउको सार्वजनिक सम्पति पालिकामा ल्याउन एउटा ठुलो उपलब्धी भएको छ । आफनो ठाउको सार्वजनिक सम्पति खाली नगरी अन्यत्र पहिले शुरु गर्दा नकारात्मक सन्देश जाने भएकोले सिमरा क्षेत्रको अतिक्रमण हटेपछि नगरप्रमुख राजन पौडेललाई सार्वजनिक सम्पति संरक्षणमा थप टेवा पुग्ने भएको छ ।

मुद्दा खारेज भएसँगै मेयर पौडेलले उपमहानगरपालिकाको सार्वजनिक सम्पति संरक्षणमा अर्को फड्को मारेको प्रतिकृया दिएका छन । उनको सचिवालयको फेसबुक पेजमार्फत मुद्दा खारेज भएको उल्लेख गर्दै यस्तो प्रतिकृया जनाएका हुन ।

शेयर
प्रतिक्रिया
Skip to content