आज नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ९१ हजारमा कारोबार भएकोमा आज तोलामा १६ सयले बढेको हो ।