बारा । मजदुरमैत्री वातावरण नहुदा बाराको सिमरा स्थित जगदम्बा स्टिलमा फेरी एक मजदुरको ज्यान गएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं ३१ का भुलन चौधरीको आज कार्यक्षेत्रमा ज्यान गएको हो । करिव ३ दशकदेखि जगदम्बा स्टिलमा कार्यरत मजदुर चौधरीको बिहान १० बजेतिर काम गर्ने क्रममा एक्कासी ढलेपछि उपचारको क्रममा मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ । तिब्र गर्मी त्यसमा पनि उद्योगमा मजदुरले पाउनु पर्ने न्युनतम मजदुरको सेफटीका सामाग्री प्रयोग नहुदा पटक पटक मजदुरको मृत्यु हुदै आएको छ । उद्योगको भट्टीको ताप र गर्मीका कारण चौधरीको काम गर्ने क्रममा मृत्यु हुन गएको एक मजदुरले बताए ।
चौधरीले उद्योगभित्र वर्कशपका काम गर्दै आएका थिए । उनको वीरगञ्ज एल.एस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु जनाईएको छ । मृतकका भतिज श्रीराम चौधरीले बे्रन ह्याम्रेर्जका कारण मृत्यु भएको उद्योग प्रशासनले जनाएको बताएका छन ।
चौधरीको मृत्युपछि उद्योग प्रशासनले मृतक परिवारलाई १० लाख क्षतीपूर्ती र ५० हजार क्रिया खर्च दिने सहमती गरेको छ । जगदम्बा स्टिलभित्र उद्योग प्रशासनको लापरवाही कारण वर्षेनी दर्जनौ भारतीय तथा नेपाली मजदुरहरुको अकालमा ज्यान जाने गरेको छ । सा. तराई सञ्चार रा.दैनिक