सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अहिलेपनि बिद्यार्थिहरुलाई कुटपिट हुने गरेको अध्ययनले देखाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको शैक्षिक अबस्था कस्तो छ भन्ने सार्वजनिक गरेको प्रारम्भिक सर्भेमा यस्तो देखिएको हो ।
अध्ययनले पालिकाका सरकारी बिद्यालयमा ६८ प्रतिशत र निजी बिद्यालयमा ७७ प्रतिशत शारिरिक दण्ड दिने गरेको देखिएको हो । जितपुरसिमरा उपमहानगर, सिमरा कलेज, डुमरवाना कलेज र बकुलिया कलेजले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।
सरकारले बालबालिका मैत्री बातवरणमा शिक्षण गर्ने ब्यबस्था गरेपनि अहिलेपनि बिद्यार्थिहरु शारिरिक दण्डको सजाय भोग्न बाध्य हुने गरेको जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन फौडेलले बताउनु भएको छ ।
विद्यार्थीको सिकाइ उपलब्धिको स्तर तथा त्यस्लाई असर गर्ने कारकहरुको विस्तृत अध्ययन विद्यार्थीको घरायसी अबस्थाको अध्ययन, बिद्यालयका भौतिक पुर्वाधारहरुको मापन गरेर अध्ययन भएको नगरप्रमुख पौडेलले बताउनु भयो ।
पालिकाका ५८ सरकारी र ४१ निजी गरी ९९ बिद्यालयका १६ हजार आठ सय पचास बिद्यार्थिमा २४ वडामा १६ दिन लगाएर सर्भे गरिएको हो ।
शारिरिक दण्ड लगायत बिबिध कारण बिद्यालयमा भर्ना भएर रजिष्टरमा नाम भएकाहरुमध्ये २६ दशमलब ८५ प्रतिशत बिद्यार्थि अनुपस्थित देखिएका छन ।
सर्भेमा २३ हजार ३५ बिद्यार्थि रहेकोमा बिद्यालयमा उपस्थित १६ हजार आठ सय ५० बिद्यार्थि हाजिर भएका थिए । त्यसैगरी सार्वजनिक सरकारी बिद्यालयमा १२ हजार नौ सय नौ भर्ना भएपनि नियमित हाजिर हुने भने आठ हजार एक सय ८७ जुन ३६ दशमलब ५ प्रतिशत अनुपस्थित हुने गरेको सर्भेले देखाएको छ ।
निजी बिद्यालयमा भर्ना भएका १० हजार एक सय २६ बिद्यार्थिमा १४ दशमलब ४४ प्रतिशत बिद्यार्थि अनुपस्थित देखिएका छन । जुन सरकारी बिद्यालय भन्दा निजी बिद्यालयमा कम छ ।
५० दशमलब ७ प्रतिशत पुरुष र ४९ दशमलब ३ प्रतिशत महिला बिद्यार्थि सर्भेमा सहभागी भएका थिए ।
सरकारी बिद्यालयमा ४४ दशमलव ०८ प्रतिशत र निजी बिद्यालयमा ७४ दशमलब ५२ प्रतिशत वाईफाई प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।
२५ दशमलब ३५ प्रतिशत निजी र ७ दशमलब १७ प्रतिशत सार्वजनिक बिद्यालयमा कम्युटर सुबिधा प्रयोग गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।
विद्यार्थीको साक्षरता र संख्यात्मकता, विद्यार्थीको घरायसी तथा पारिवारिक जानकारी , समग्र विद्यालय सर्वेक्षण कलेजका १५० बिद्यार्थिबाट चार दिने प्रशिक्षण पश्चात पुरै डिजिटल सर्भे गरेका हुन ।
कक्षा १ देखि आठ सम्मका बिद्यार्थिहरुमा ७५ प्रतिशत महिला २५ प्रतिशत पुरुष पढने गरेकोमा ३७ दशमलब ३ प्रतिशत ट्युशन पढ्ने गरेकोमा २७ प्रतिशत सार्वजनिक र ४७ प्रतिशत निजी बिद्यालयले ट्युशन पढ्ने गरेका छन । जसमध्ये गणित बिषय सबैभन्दा बढी ९० दशमलब ५, नेपाली ७० दशमलब १ , बिज्ञान ६५ दशमलब ५ र र सबैभन्दा कम नेपाली ६१ दशमलब ५ प्रतिशतले ट्युशन पढने गरेको सर्भेले देखाएको छ ।
बिद्यालय पैदल जाने ६५ दशमलब ७ प्रतिशत र बस मार्फत १९ दशमलब ८ प्रतिशत बसबाट बिद्यालय जाने गरेको अध्ययनले देखाएको छ ।
खेलग्राउण्ड सार्वजनिकमा ९२ दशमलब ९८ र निजी बिद्यालयहरुमा ८१ दशमलब ३८ प्रतिशत छ । त्यस्तै पर्खाल भएको सार्वजनिकमा ७३ दशमलब ६८ र निजी बिद्यालयहरुमा ८५ दशमलब ३७ प्रतिशत छ ।
लाईब्रेरी सार्वजनिकमा ३१ दशमलब ५८ र निजी बिद्यालयहरुमा १२ दशमलब २ प्रतिशत छ । सिकाई कक्षा १ देखि ८ सम्म सामान्य कथाबाट प्रश्न उत्तर लेख्न नसक्ने ७७ दशमलब ६१ प्रतिशत बिद्यार्थि रहेको देखिएको छ । त्यसैगरी डिभिजनल समस्या समाधान गर्न नसक्ने ८२ दशमलब ८१ प्रतिशत बिद्यार्थि रहेका छन । सा. तराई सञ्चार रा.दैनिक