रसिद किर्ते गरि कर संकलन गर्ने एकलाई प्रहरीले पक्राउ

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

 

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको रसिद किर्ते गरि कर संकलन गर्ने  बीरगन्ज महानगरपालिका वडा नं. २ बस्ने ३५ वर्षीय अजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

साहले उपमहानगरपालिकाको छाप सहितको ठेली रसिद किर्ते गरि कर सकलन गर्दै आएको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको वडा नम्बर १६ स्थित बालगंगा खोलाबाट गिट्टी बालुवा लोड गर्ने सवारी साधनहरुबाट नक्कली रसिद बनाएर कर उठाउदैं आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका साहलाई बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content