सिमरा । जगदम्बाको फलाम गलाउने भट्टी पड्किएर मृत्यु भएका सर्लाही सकरोल गाउँपालिका ६ बस्ने ४० वर्षीय बिकिन्द्र यादवको परिवारले १० लाख ५० हजार लिएर उद्योगसग सहमति गरेका छ्न । बाराको जितपुर सिमरा उप महानगरपालिका २ स्थित जगदम्बा स्टिलको फलाम गलाउने भठ्ठी पडकिँदा कारखानामा कार्यरत चारजना घाइते भएका थिए । जसमध्ये यादबको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए । थप उपचारको लागि किर्तिपुर अस्पतालमा भर्ना गरिएका उनको मंगलबार मृत्यु भएको प्रवक्ता मिश्रले बताए । जसमध्ये यादव गम्भिर घाईते भएका थिए । घाइते मध्ये एक जना कामदारहरुको अहिले पनि बीरगन्जस्थित हेल्थ केयर अस्पतालमा उपचाररत भईरहेको छ । दुई छोरा एक छोरी रहेका मृतकका सहोदर भाई दिपेन्द्र रायकिरिया खर्च सहित सो रकम लगेको जगदम्भाका मजदुर नेत दिपक कार्कीले बताए