बाराका पत्रकार रामदेब बने स्विजरल्यान्डको सासद

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 451 - पाठक संख्या
7 मिनेट पढ्न लाग्ने समय

भाषा सिक्न र स्थानीयसग घुलमिल हुन आप्रवासी नेपालीलाई सुझाव

बारा । बारा जिल्लाको पिप्रा ४ र कलैया स्थायी घर भई पत्रकारिता गर्दै आएका रामदेव दास स्विट्जरल्याण्डको प्रदेश सांसद बन्ने नेपाली मूलका पहिलो व्यक्ति बनेका छन ।

पत्रकारिता गर्दा गर्दै तत्कालिन माओवादी कार्यकर्ताहरुले २०६४ असोज १८ दास सगै अर्का पत्रकार बिरेन्द्र साहलाई अपहरण गरी साहलाई हत्या गरेपछि भागेर ज्यान बचाएका दास नेपालमा असुरक्षित महशुस गरी २०६४ मै पत्रकार महासंघ र मानव अधिकार संगठनको पहलमा स्वीजरल्याण्ड पुगेका हुन ।

२०६४ सालदेखि स्वीजरल्याण्डमा बसेर काम गर्दै आएका दासले सोमबार ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) प्रदेश सांसदको भूमिकामा रहने गरी सपथ लिएका हुन् । सो स्थानमा पुग्ने पहिलो नेपाली मुलका सांसद हुन ।


नेपालबाट स्वीजरल्याण्ड पुगेपछि स्टाफ नर्स बनेका दास बिहान पौने ६ बजे उठ्नु, बिरामीलाई नुहाइ दिनु, खाना खुवाइदिनेदेखि समय समयमा औषधि दिनु, दिशा पिसाब गर्न अप्ठयारो भएका सहयोग गर्नु यो सबै स्वीजरल्याण्डमा स्टाफ नर्सको रुपमा कार्यरत ४४ वर्षीय रामकुमार दासको यो दैनिकी थियो ।


उनी ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) रहेको ‘कन्भिभो खुरमा’ काम गर्ने गरेका थिए । रामकुमारलाई लाग्छ (‘पीडा र दुःखमा रहेका बिरामीहरुको समस्या आफैंले अनुभव गर्नु पर्छ । डेढ दशक ‘कन्भिभोमा’ काम गर्दा २) जना बिरामी गुमाइ सकेको बताउने दासले कुरा गर्दै आफनो ठाउको असाध्यै माया लाग्छ के गर्ने यतै धेरै दुःख गरेपछि बल्ल राम्रा दिन शुरु भएको उनले बताए ।

बिरामीहरु कुनै दुर्घटना भएर घरमा बस्न सक्ने अवस्था नभएपछि ‘कन्भिभोमा’ आउने गरेको रामकुमार बताउँछन् । शारीरिक अपांगता वा मस्तिष्कमा चोटपटक भएका बिरामीहरु बढी हुन्छन् । उनी बिरामीले गर्न नसक्ने अवस्थालाई गर्न सक्ने र सम्भव तुल्याउने कोशिस गरिरहनु पर्छ उनले बताए ।


बिरामीको स्याहारमा खटिएका उनै रामकुमारका पाइला अब स्विट्जरल्याण्डको प्रदेश संसद भवनसम्म (ग्रोस रात) पुगेका छन् । सोसल डेमोक्र्याटिक पार्टी अफ स्विट्जरल्याण्ड (एसपी) को सक्रिय राजनीतिमा समेत लागेका रामकुमारलाई यो अवसर मिलेको हो ।

आफ्नो पार्टीको एक सांसद फिर्ता भएपछि आफूलाई दुई वर्षका लागि प्रदेश सांसदको रुपमा काम गर्ने अवसर मिलेको उनले बताए । ‘जर्मन भाषामा ‘स्टेलफ्रेतेतुङ् भनिन्छ । कोही प्रतिनिधि फिर्ता भयो भने त्यहाँ स्टेलफ्रेतेतुङ्को रुपमा अर्को बढी मत प्राप्त गरेको उम्मेदवारलाई संसदमा पठाउने नियम छ’, उनले भने, ‘त्यो अवसर मलाई मिलेको छ । मंगलबार र बुधबार संसद बैठकमा भाग लिएका दासलाई बारामा सामाजिक सञ्जालमा बधाईको ओईरो छ ।

स्विट्जरल्याण्डको राजनीतिमा लागेर प्रदेश सांसदको भूमिकामा रहने नेपाली मूलका पहिलो व्यक्ति बनेका दास स्विट्जर २६ वटा प्रदेश (क्यान्टोन) छन । त्यो एक ग्राउबुन्डेन प्रदेशको सदरमुकाम खुर क्षेत्रबाट उनले राजनीति सुरु गरेका थिए । एक छोरा एक छोरी र श्रीमतीको साथमा बस्दै आइरहेका दासले सुरुमा पत्रिका बेच्ने देखि सफाइको काम समेत गरेको बताएका छन । आफुले स्विजरल्याण्डको संसद भवनमा पुगेर काम गर्छु भन्ने नसोचेको बताउने दासले भाषा अध्ययन पछि रामकुमारले आफूलाई स्टाफ नर्सको रुपमा स्थापित गराएर स्थानीय राजनीतिमा घुलमिल गर्न समेत सहज बनेको बताउछन ।

कोरोना हिरो’ बनेका रामकुमारको चर्चा स्थानीय मिडियामा समेत छाए

कोरोना महामारीको समयमा पनि उनले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निभाए । जटिल खालका बिरामीहरुको स्याहार गर्नुपर्ने हुँदा त्यो बेला उनका लागि कठिन समय थियो । ‘आफ्नो समय सय प्रतिशत दिएर नै काम गरें । त्यसैले पनि उनलाई त्याहाको स्वास्थ्य मन्त्रालयले उनलाई सन् २०२० मा ‘कोरोना हिरोको उपाधिले सम्मान समेत गरेको थियो । कोरोनाको समयमा गरेको काम र सम्मानले झन् मलाई अघि बढ्न हौसला मिलेको उनले बताएका छन । ‘कोरोना हिरो’ बनेका रामकुमारको चर्चा स्थानीय मिडियामा समेत छाएको थियो ।

कोरोनाबाट लोकप्रिय बनेपछि राजनीतिमा होमिएका स्वास्थ्यकर्मीको रुपमा लोकप्रिय बन्दै सासद बनेका उनी पेशामा राम्रो काम गरेर देखाएँकोले मलाई सोसल डेमोक्र्याटिक पार्टीले अवसर समेत दिएको उनले बताए ।

स्टाफ नर्सहरूको संगठित समूहमा केन्द्रीय तहमा रहेर काम गर्ने अबसर पाएका रामकुमारलाई सोसल डेमोक्र्याटिक पार्टीले सन् २०२२ मा उनलाई प्रदेश सांसद (ग्रोस रात मेम्बर) पदको उम्मेदवार बनाएको थियो । ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) चुनाव लडेका रामकुमारको त्यतिबेला भने सांसद बन्ने सपना पूरा भएन । समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणालीमा ४ वर्षको कार्यकालका लागि १२० सदस्यहरू निर्वाचित भएका थिए। जहाँ सोसल डेमोक्र्याटिक पार्टी अफ स्विट्जरल्यान्डले (एसपी) २७ सिट जितेको थियो । पदमा बसेर आर्थिक लाभ उठाउँछु भन्ने मानसिकता सम्भवत कसैको पनि नहुने उनको भनाइ छ ।

‘यहाँ सांसद बनेर जीवनमा ठुलो परिवर्तन आउने केही पनि होइन । नेपालमा जस्तै सांसद बनेपछि ठूलै मान्छे बनियो भन्ने पनि चलन हुँदैन,’ उनले थपे, ‘सांसदको हिसाबले केही बैठकहरूमा उपस्थित हुनुपर्छ । त्यो बाहेक मुख्य काम त आफ्नो पेसामा नै आवद्ध रहनु पर्छ ।’ प्रत्येक ३–३ महिनामा गरेर वर्षको चार पटक संसद बैठक बस्ने उनी बताउँछन् ।

प्रत्येक सेसनको बैठक पाँच दिनसम्मको मात्रै हुन्छ । ‘बैठकको भत्ता ४ सय स्विस फ्रान्क बाहेक अरु केही पाइँदैन । कुनै पनि तलब पनि हुँदैन’, उनले अघि भने, ‘सबैको आ–आफ्नै काम हुन्छ । सरकारी तलब भत्तामा कसैको पनि ध्यान जाँदैन ।’ नर्सको काम गर्दा आफूले दैनिकरुपमा २८५ स्वीस फ्रान्क कमाउने बताउँदै भत्तामा ध्यान दिन जरुरी नरहेको उनले सुनाए ।

आप्रवासी समस्याबारे संसदमा आवाज उठाउने रामकुमारको योजना रहेको छ । ‘हप्ताको ५ दिन दैनिक ९ घण्टा म बिरामीकै स्याहारमा खट्ने छु । बाँकी प्रत्येक ३ महिनामा हुने संसद बैठकमा भने कामबाट छुट्टि मिलाएर बैठकमा सहभागी बन्नेछु’, उनले बताए ।

विदेशमा रहेका नेपालीहरुलाई आफू बसेको देशको भाषालाई अध्ययन गर्न र स्थानीय निकायसँग घुलमिल गर्न रामकुमारको सुझाव छ । विदेशमा बसेर यहाँकै राजनीति गर्नुपर्छ भन्ने नभए पनि कम्तीमा भाषा सिकेर स्थानीय निकायसँग घुलमिल गर्न सकेमा आफूले प्राप्त गर्ने आधारभूत आवश्यकता लिन सजिलो हुने उनको सुझाव छ ।

विदेशमा नेपालीहरुलाई भाषाको कारण थुप्रै समस्याहरु परेको भन्दै अध्ययनशील बन्न उनले अनुरोध गरेका छन् । ‘थुप्रै आप्रवासीहरुको समस्या देखेको छु । त्यो सबै भाषासँगै जोडिएको छ । केही मेहनत गर्न सक्यौं भने कुनै न कुनै रुपमा फाइदा अवश्य हुनेछ ।’

शेयर
प्रतिक्रिया
Skip to content