निजगढमा नाप नक्साको काम गर्ने नयाँ कम्पनी शुरु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 322 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
oplus_0

निजगढ । बाराको निजगढमा घर नक्सा, जग्गा नापजाँचसगै ईन्जिनियरिङ्गका सम्पुर्ण काम गर्ने गरी नयाँ कम्पनीले सेवा दिन शुरु गरेको छ ।

निजगढ ७ लोकप्रिय सहकारी छेउमा मुख्य कार्यालय राखेर शुरु गरेको प्रा.ली.ले बुधबार एक समारोह गरी निजगढ नगरका उपप्रमुख सोममाया थिङ्गले कार्यालयको रिबन काटेर शुरुवात गर्नु भएको हो ।

oplus_0

उद्धघाटन पछि उपप्रमुख थिङले जनतालाई यो कम्पनीले सहयोग पुग्ने भएकोले हातेमालो गर्दै अघि बढ्ने बताउनु भएको छ ।

फास्ट ट्रयाक ब्युल्डर्स एण्ड ईन्जिनियरिङ्ग प्राली नामक संस्थाबाट घर नक्सा, जग्गा नापजाँचसगै ईन्जिनियरिङ्गका सम्पुर्ण कामको छिटो छरितो जवाफदेहिता सहित काम गर्न काठमाण्डौ छाडेर आफनै ठाँउ निजगढ रोजेको कम्पनीका सञ्चालक भिष्म प्रसाद गौतम र कृष्ण श्री जोशीले बताउनु भएको छ ।

oplus_0

कार्यालयको उद्धघाटन कार्यक्रममा निजगढ नगरपालिकाका पुर्व नगरप्रमुख सुरेश खनाल, माओवादी केन्द्रका रबिराज दङगाल, नेकपा एमालेका भोला गौतम , शुदर्शन कोईराला, नापी कार्यालय सिमराका प्रमुख लगायतको उपस्थिति रहेको थियो

शेयर
प्रतिक्रिया
Skip to content