आज जीतपुरसिमराको दशौं नगर सभा, हरेक बर्ष टुक्रे योजनामा करोडौ रकम विनियोजन, भ्रमणमा मात्रै ६० लाख खर्च विवरण सहित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 334 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दशौं नगर सभाको आज बिहिबार गर्ने तयारी तिब्ररुपले भईरहेको छ ।
पालिकाले योजनाबाट दीर्घकालिन प्रतिफल प्राप्त नहुने र हरेक बर्ष टुक्रे योजनामा करोडौ रकम विनियोजन गर्दै आर्थिक अनियमितता गर्दै आएको छ । स्थानीय तहले योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ को रफा ५.२.४ सँग सम्बन्धित अनुसूची ३ मा आयोजना प्राथमिकीकरणका आधारहरू गरिबी निवारण, उत्पादनमूलक, रोजगारी, लागत सहभागिता, स्थानीय स्रोत र साधन, समावेशी निकास, दिगो र बाताबरण संरक्षण र भाषिक र सांस्कृतिक निकाय उल्लेख गरी प्रावमिकताका आधारमा योजना छनौट गर्नु पर्ने व्यवस्था भएपनि वडाअध्यक्ष र नगरले यी योजनामा भन्दा लाभ नहुने टुक्रे योजनामा बजेट बिनियोजन गरी महालेखाले सैदान्तिक बेरुजुमा राख्दै आएपनि फेरी पनि वडा र नगरको बजेट शिर्षक भन्दा बढी र टुक्रे कार्यकर्तामुखी बजेट ल्याउने तयारी गरेको सम्लग्न एक कर्मचारीले बताएका छन ।
गत आर्थिक बर्ष २०७९।८० मा २४ बडाको लागि बड़ागत ३८२ र पालिकास्तरका २४० गरी कुल ६२२ टुक्रे योजनामा बजेट बिनियोजन गरेको छ । सञ्चालित योजनाबाट दीर्घकालिन प्रतिफल प्राप्त नहुनुका साथै दिर्घकालिन लाभ नहुने प्रकृतिका खर्चमा वृद्धि भएको महालेखाको भर्खरै सार्वजनिक प्रतिबेदनमा उल्लेख छ ।
योजना तयार गर्दा स्थानीय स्तरमा छलफल गरी प्राथमिकताका शिर्षकमा बजेट बिनियोजन गर्नु पर्ने भएपनि प्रचारमुखी र कार्यकर्ता पाल्ने तथा घुममिर भ्रमणमै ठुलो रकम खर्च हुने गरेको छ ।
गत आर्थिक बर्षमा महालेखाले अबलोकन भ्रमणमा बेरुजु देखाउदा देखाउदै यस आर्थिक बर्ष २०८०।८१ मा वडाको मात्र करिब ४० लाख रकम अबलोकन भ्रमण मोजमस्तीमा खर्च भएको छ । भने नगरको अबलोकनका नाममा मोजमस्ती गर्न २० लाख छुट्टाईएकोमा ११ लाखमा उपमेयर सहित कर्मचारी जनप्रतिनिधि भर्खर मुस्ताङ पुगेर आएका छन । जबकी अहिले आर्थिक बर्षको अन्त्य बजेट बनाउन सघन छलफल र आवधिक योजना बनाउन समय खर्चनु पर्नेमा भ्रमणका नाममा मात्र जीतपुरसिमराले यस बर्ष ६० लाख खर्च गरेर जनताको काम गर्नु आएका जनप्रतिनिधिले जनताको कर ६० लाख भ्रमणमा खर्च गर्नु दुखको बिषय हो ।
यसबर्ष पनि फेरी टुक्रे योजना र मोजमस्तीको बजेट आफना वडामा छ की छैन भनेर सबैले खबरदारी गर्नु पर्छ ।
शेयर
प्रतिक्रिया
Skip to content