निजगढमा पनि १५ राष्ट्रिय धान दिबश बारामा पनि मनाईयो

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 265 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
oplus_0

बारा । असार १५ राष्ट्रिय धान दिबश बारामा पनि मनाईएको छ । बाराका १६ बटै स्थानीय तहले दिबशका अबसरमा धान रोपेर, दही च्युरा केरा खाएर दिबश मनाएका हुन ।

बाराको निजगढमा पनि यो दिबश मनाईएको छ । नगरपालिकाका नगरप्रमुख सुरथ पुरीको अध्यक्षतामा दिबश मनाईएको हो । दिबशका अबसरमा बिद्यार्थि किसान कर्मचारी नगरप्रमुख उपप्रमुख लगायत जनप्रतिनिधीहरुले धान रोपेर दिबश मनाएका हुन ।

कार्यक्रममा नगरप्रमुख पुरीले कृषीप्रधान देश भएरपनि धान बाहिरबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य गर्न सबै लाग्नु पर्ने बताए । उहाले पालिकाले कृषीलाई बिशेष जोड दिएर कार्यक्रम ल्याएको समेत बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख सोममाया थिङ, सहकारी महासंघका केन्द्रिय सदस्य टेकप्रसाद चौलागाई, वडाअध्यक्ष सुर्य थापा लगायतले दिबशका बारेमा बोल्नु भएको थियो ।

निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयले धान दिवस मनाएको छ । जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ आज देशैभरी मनाईएको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा विद्यालयले विद्यार्थी शिक्षक अभिभावकको सहभागितामा रोपाईँ गर्दै दिवस मनाएको हो । विद्यार्थीहरुलाई कृषिको महत्व, धान दिवस मनाउनुको कारण लगायतका विषयमा जानकारी गराउँदै दिवस मनाईएको विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारले बताउनु भयो । विद्यालयका विद्यार्थी तथा शिक्षकहरु बंखुटोलमा रहेको बारीमा पुगि रोपाई गरेका हुन् ।

oplus_0

पछिल्लो समयमा शिक्षा व्यवहारिक नभईरहेको गुनासो आउने गरेको र विद्यार्थीलाई सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान दिने उद्देश्यले विद्यार्थीहरुकै सहभागितामा रोपाई गरिएको प्रधानाध्यापक स्वर्णकारले बताउनु भयो । विद्यार्थीहरुले रोपाईँ गर्नुका साथै रमाईलो समेत गरेका थिए ।

oplus_0

विद्यालयमा कक्षाकोठाको पढाइका साथै व्यवहारिक ज्ञान, अतिरिक्त क्रियाकलाप लगायतका कार्य गरी विद्यार्थीलाई गुणस्तरीय सिकाइका लागि विद्यालय लागिरहेको प्रधानाध्यापक स्वर्णकारको भनाई छ ।

रोपाईँ दिवसमा विद्यालयका सहायक प्रधानाध्यापक टेकराज भण्डारी, शिक्षक अम्बिका घिमिरे, कल्पना आचार्य, रुपेश भट्टराई, सुरेन्द्र सुवेदी, निशा लामा, कविना पौडेल, सत्यश्ैव बाल क्लबका अध्यक्ष अफ्रोज खान, उपाध्यक्ष काजल महतो, सचिव सुमन रौनियार लगायत विद्यार्थीको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content