उत्कृष्ट केरा कृषककोरूपमा युवा उद्दमी निजगढका हिरा थापा सम्मानित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 350 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

७५ हजार राशीको राष्ट्रिय उद्दमी पुरस्कारबाट सम्मानपत्र र नगद सहित सम्मान

निजगढ । बारा निजगढका केरा कृषक हिरा बहादुर थापा मगर उत्कृष्ट केरा कृषकको रूपमा सम्मानित हुनु भएको छ । वैदेशिक रोजगारी बाट फर्की स्वदेशमा ब्यवसायिक केरा खेती गरिरहेका युवा उद्दमी हिरा बहादुर थापा मगर नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा ७५ हजार राशीको राष्ट्रिय उद्दमी पुरस्कारबाट सम्मानित हुनु भएको हो ।


मन्त्रालयले आईतबार एक कार्यक्रमको आयोजना गरी थापालाई सम्मान गरिएको हो । मन्त्रालयका मन्त्री डोल प्रसाद अर्यालले थापालाई सम्मानपत्र र नगद सहित सम्मान गर्नुभएको हो ।

उत्कृष्ट कृषकको रुपमा सम्मानपत्र ग्रहण गर्नु हुदै केरा कृषक मगरले बैदेशिक रोजगारीलाई बिस्थापन गरेर कृषिमा गरेको मेहेनतले अहिले सम्मानको हकदार भएको बताउनु भएको छ । कृषक मगरले कृषिमा गर्ने मेहेनत र लगानी प्रतिफलमुखी हुने भएकाले कृषि कार्यमा अझै दृढताकासाथ लाग्नु पर्ने बताउनु भयो ।


मगरले अहिले करिब १५ बिगाह क्षेत्रफलमा केरा खेती गर्दै आउनु भएको छ । निजगढमा जि नाईन जातको केरा खेति शुरुवात मगरले नै गर्नुभएको हो । एक दशक सम्म वैदेशिक रोजगारीमा रहनु भएका मगरले बैदेशिक रोजगारिको क्रममा सिकेको कृषि कार्य मार्फत स्वदेशमा पनि आधुनिक तरिकाले कृषि क्षेत्रमा लागि परेको बताउनु भयो ।

कुशल द्वारा प्रबद्र्धन गरिएका वैदेशिक रोजगारी बाट फर्की स्वदेशमा ब्यवसायिक केरा खेती गरिरहेका युवा उद्दमी थापा मगर एक लगनशिल भई मेहनत गरेकाले अहिले सम्मानित हुन सफल भएको कुशलका अध्यक्ष सरोज कोईरालाले बताउनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content