अभिभावहरु समेतले चासो नदिएसम्म शिक्षाको सुधार पुरा हुन सक्दैन–नगरप्रमुख चौधरी
कोल्हवी । बाराको कोल्हवी नगरपालिकाले शुरु गरेको दुई महिने लोकसेवा आयोगको तयारी कक्षा आईतबार सम्पन्न भएको छ । आयोगको तयारी कक्षा समापन समारोहका प्रमुख अतिथि बाराको कोल्हवी नगपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले एसईई परीक्षामा धेरै विद्यार्थी फेल हुदाँ पनि कुनै अभिभावकले बिद्यालयमा गएर चासो नदिएको पालिकामा आएर पनि धर्ना नदिएको बताउदै अभिभावहरु समेतले चासो नदिएसम्म शिक्षाको सुधार पुरा हुन नसक्ने बताउनु भएको छ ।


दुई महिने लोकसेवा निःशुल्क तयारी कक्षा समापन समारोहलाई सम्बोधन गर्दै मेयर चौधरीले कुनै अभिभावकले मेरो विद्यार्थी किन फेल भयो भनेर विद्यालयमा गएर नसोधेको बताए । यत्रो विद्यार्थी फेल हुदाँ पनि नगरपालिका र विद्यालय किन घेर्न नगएको होलान भनेर आश्चर्य लागेको भन्दै कसरी पढाउनु भयो र मेरो विद्यार्थी फेल भयो भनेर सोध्न आग्रह समेत गरे ।
कोल्हवी नगरपालिकाले आयोजना गरेको लोकसेवा आयोगको तयारी कक्षामा ६४ महिलासहित ८० जना सहभागि थिए । सहभागिलाई अजय उप्रेती, प्रदिप रिजाल, श्याम चौधरी, यज्ञराज आचार्य र लोकनाथ ओलीले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेल लगायतको उपस्थिति रहेको थियो । कक्षामा सहभागि भएका प्रशिक्षार्थीले लोकसेवा तयारी गरिरहेकाहरुलाई निःशुल्क कक्षाले निकै सहयोग पुगेको प्रतिकृया दिएका छन् ।