औषधी व्यवस्था विभागले बारामा अनुगमन गरी ६ वटा औषधी पसललाई बन्द

तराइ संचार
तराइ संचार 642 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारामा जताततै मापदण्ड बिपरित औषधी पसल सञ्चालन हुदै अएकोमा औषधी व्यवस्था विभागले बारामा अनुगमन गरी ६ वटा औषधी पसललाई बन्द गरेको छ । जिल्लाको महागढीमाई नगरपालिकामा सञ्चालित प्राथमिक स्वास्थ्य सेवा क्लिनिक, सपना स्वास्थ्य क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाह भेट फर्मा, तरुण भेट फर्मा र ठाकुर सर्जीकल बन्द गरेको हो ।
औषधी विक्री गर्ने अनुमित पत्र नलिएका तथा प्रतिबन्धीत औषधीहरु विक्री वितरण गरेको आरोपमा औषधी व्यवस्था विभागको टोलिले बन्द गराएको हो । बिहीवार बिभागले जिल्ला प्रशासन कार्यालय बारा तथा प्रहरीको सहयोगमा अनुगमन गरी बन्द गरेको हो । अनुमति बिना औषधी पसल सञ्चालन गर्न नमिल्ने तथा औषधी पसल सञ्चालन गर्न सञ्चालकले फार्मेसी अध्ययन गरेको हुनुपर्ने भएपनि बारामा अनुमति नलिई अबैध औषधी पसल र क्लिनिक सञ्चालन हुदै आएका छन् । औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयका निमित्त प्रमुख भाग्य नारायण सिंहका अनुसार आवश्यक छानबिन गरी कारवाही गरिने बताउनु भएको छ । यस अघि प्रशासनले छापामारी गरी सिमराका केही औषधी पसल बन्द गरी नगरपालिकालाई चाबी हस्तान्तरण गरेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content