सिमरा । जीतपुरसिमराकाे नगरसभा बिरूद्व उपप्रमुख वडा अध्यक्षहरू सहित ९१ द्वारा नगर प्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत बिरूद्व जनकपुर उच्च अदालत बिरगंजमा मुद्दा दायर भएकाे छ । मुद्दा आज न्यायाधीश भरत लम्सालकाे ईजलासमा सुनुवाई हुदै छ । जीतपुरसिमराकाे नगरसभा सञ्चालन नियमावली २०७५ काे नियम ५ काे उपनियम ४ बमोजिम असार १० गते तेश्राे पटक २५ प्रतिशतबाट जितपुरसिमरा नगरसभा सम्पन्न भएकाे हाे । नगरसभा हुदा कुर्सी ताेडफाेड समेत भएकाे थियाे ।