जीतपुरसिमराकाे नगरसभा प्रकरणः अन्तरिम आदेश भएन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 576 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । जीतपुरसिमराकाे नगरसभा बिरूद्व उत्प्रेषण माग गरि दायर रिटकाे सुनुवाइमा अदालतले उत्प्रेषण आदेश दिन अस्विकार गरेकाे छ ।

न्यायाधीश भरत लम्सालकाे ईजलासले यही २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई  बाेलाउने आदेश गरेकाे छ ।

वडा अध्यक्षहरू सहित ९१ कार्यपालिकाद्वारा नगर प्रमुख र  प्रमुख प्रशासकीय  अधिकृत  बिरूद्व जनकपुर उच्च अदालत बिरगंजमा मुद्दाकाे आजकाे सुनुवाइ  सकिएकाे छ ।

न्यायाधीश भरत लम्सालकाे ईजलासले यही २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई  बाेलाउने आदेश गरेकाे छ  जीतपुरसिमराकाे नगरसभा सञ्चालन  नियमावली २०७५ काे नियम ५ काे उपनियम ४ बमोजिम असार १० गते तेश्राे पटक २५ प्रतिशतबाट जितपुरसिमरा नगरसभा सम्पन्न भएपछि विवाद अदालत पुगेकाे हाे ।

नगरसभा हुदा बहुमत सदस्य  बिराेधमा भएपनि ताेडफाेड र बिराेधका बाबाजुद नगरसभा सम्पन्न भएकाे नगरसभाका अध्यक्ष राजन पाैडेलले बताउनु भएकाे थियाे ।

निवेदन वडाअध्यक्ष हरिदेव खरेल लगायत उपप्र मुख भाेला अधिकारी वडाअध्भयक्ष वडा सदस्य र कार्य पालिका सदस्य  सहित ९१ जनाले निबेदन गरेका हुन ।

निवेदकको तर्फबाट अधिवक्ताद्वय श्यामबिहारि प्रसाद र  दामोदर पौडेलले बहस गर्नुभएको थियाे ।

निवेदकको माग बमोजिम आदेश जारी गर्न नपर्ने कुनै आधार कारण र प्रमाण भए प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटाको म्याद बाहेक पन्ध्र (१५) दिनभित्र आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी विपक्षीको नाममा आदेश भएकाे छ ।

अन्तरिम आदेश माग गरेको तर्फ बिचार गर्दा, दुवै पक्षलाई छलफलमा झिकाई दुवै पक्षको कुरा सुनि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निष्कर्षमा पुग्न  २०८१/०३/२८ को अन्तरिम आदेश छलफलको पेशी तोकेेकाे बताईएकाे छ ।

जीतपुरसिमराकाे नगरसभा बिरूद्व उपप्रमुख वडा अध्यक्षहरू सहित ९१ कार्यपालिकाद्वारा मुद्दा दायर आज सुनुवाही हुँदै

ट्याग्स :
शेयर
प्रतिक्रिया
Skip to content