प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आधिकारिक फेसबुक पेज ह्याक

तराइ संचार
तराइ संचार 611 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

 

सिमरा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्यीको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहानै देखि मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो ।उनको फेसबुक पेजमा प्रोफाइल र कभर फोटोमा एक जना युवती र जंगलको तस्बिर अपलोड भएको देख्न सकिन्छ । मुख्यमन्त्री राउतका प्रेस संयोजक अतिश मिश्रले ह्याक कसरी र कहाँ बाट भएको बारेमा छानबिन भैरहेको बताएका छन् । उनले भने आज बिहानै देखिनै अनावश्यक कुराहरु पोस्ट बताएका छन् । मुख्यमन्त्रीको सञ्चार सचिवालय प्रदेश नं। २ को आधिकारिक फेसबुक पेज पनि ह्याक भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content