निजगढ १२ नं. वडा कार्यालयद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 283 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । बाराको निजगढ नगरपालिका वडा नंं १२ ले कार्यालय परिसर र बाटोको दाया बाया बृक्षारोपण कार्य सम्पन्न गरेको छ ।

वडा नं. १२ को कार्यालयको आयोजना र तपोभूमी युवा क्लव, सहमति यूवा क्लव र ग्रामिण यूवा क्लवको सहयोगमा वडा कार्यालय जाने बाटोको दायाँ बायाँ र कार्यालय परिसर भित्र सौन्दर्यकरणको लागि वृक्षारोपण कार्य सम्पन्न भएको वडा सचिब अरुण बस्नेतले बताउनु भएको छ ।

वडा नं. १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोलेको प्रमुख आतिथ्यतामा तथा सचीव अरुण बस्नेतको सहजिकरणमा वडा सदस्य सुकुमाया मोक्तान, चन्द्रमान गोङ्ग्बा ,क्लबका प्रतिनिधिहरु लगायतको बिशेष उपस्थितिमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

गुलमोहर, कल्की, पारिजात, निम, धुपी, आँप, लिची, कपुर र रुद्राक्ष लगायत विभिन्न प्रजातिका ९५ विरुवा वृक्षारोपण कार्य सम्पन्न भएको हो ।

ट्याग्स :
शेयर
प्रतिक्रिया
Skip to content