जितेन्द्र प्रसद चौधरी
कोल्हवी । बाराको करैयामाई गाउँ पालिका वाड न. ५ मा रहेको ने रा आधारभूत बिधालय तेतरियाले प्रथम त्रेमामिक परिक्षा संचालन गर्दा सहयोग शुल्क लिएको बिषयमा बिरोध भएको छ ।
पालिका प्रमुख शम्भु प्रसाद यादवले जनता मा बि उमजनको बार्षिक उत्सव कार्यक्रममा पालिका भरी निशुल्क शिक्षा घोषणा गरेपनि शुल्क लिएपछि बिरोध भएको हो । निशुल्क शिक्षा घोषणा हुदा हुँदै पनि शुल्क लिएको बारेमा समाचारलाई खण्डण गर्नको लागि शुक्रबार बिधालय व्यस्थापन समितिका बरिष्ट सदस्य मुनिलाल सहनीको अध्यक्षतामा बि ब्या स को बैठक सम्पन्न भएको छ । बैठक पछि पत्रकार सङ कुरा गर्दै प्र अ महेन्द्र प्रसाद रामले समाचार भ्रामक ,कपोकल्पित योजनाबद्ध रहेको भन्दै प्र अबिधालय प्रशासनले आफ्नो मनोमानी सहयोग शुल्क नलिइ बिब्या स को निर्णय अनुसार बिधालय संचालन गरेको बताउनु भयो ।
अभिभावक परिसा सहनीले सहयोग शुल्क नतिरेकोले मेरो बच्चालाई परिक्षा हलबाट निकाले गुनासो समाजिक संजालमा व्यापक आइ रहेको भन्ने बारेमा प्रश्न गर्दा प्रअ रामले परिक्षाको समय हाम्रो सरले बच्चाको बुवा महेन्द्र सहनीलाई सम्पर्क गर्दा मेरो बच्चा सिमरामा पढ्छ भनेर जवाफ आएको कुरा प्र अ महेन्द्र प्रसाद रामले बताउनु भयो।
प्रअ महेन्द्र प्रसाद रामको अनुसार गापा अध्यक्ष शम्भु प्रसाद यादवले मंचबाट निशुल्क शिक्षा दिने घोषणा त गर्नु भयो तर कार्यन्वयन नभएको प्रष्ट पार्नु भयो। यो पालिकामा केवल तेतरिया स्कुल मात्र सहयोग शुल्क लिने बिधालय नभएर यसै वडामा रहेको पालिकाकै नमुना बिधालय श्री जनता मा बि उमजनले पनि शुल्क लिने गरेको छ भनेर जानकारी गराउनु भयो।
बि ब्या स बरिस्ट सदस्य मुनिलाल सहनी र अर्का सदस्य गोदावरी चौधरीको अनुसार बि ब्या स को निर्णय र अभिभावकहरुको इच्छा अनुसार नै सहयोग शुल्क लिने भनेर सर्वसहमत पारित भएको बताउनु भयो। यस बिधालयलाई अगाडी लैजान यहाका सम्पुर्ण अभिभावकको महत्त्वपूर्ण भुमिका रहेकोले इष्या ,डाहा प्रवृत्ति हटाएर एक झुट भइ अगाडि बढाउन बिधालय प्रशासन सदैव अभिभावकलाई अनुरोध गर्दै आएको शिक्षक हरेन्द्र चौधरीले बताउनु भयो।