कलैया । कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले बजारको फुटपाथ ब्यवस्थापन गर्न लागि परेको बताउनु भएको छ । नगर प्रमुख यादवले अस्थायी ट्राफिक प्रहरी पोष्ट कलैयालाई २३ थान डिभाईडर हस्तान्तरण गर्दै शुक्रबार सो कुरा बताउनु भएको हो । कलैया उपमहानगरपालिकाको कार्यालयको प्राङ्गणमा नगर प्रमुख यादवले नगरबासीलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । सडक बजार ब्यवस्थित नहुदा बजारनै कुरुप देखिने गरेको बताउदै हाम्रौ नगर राम्रो बनाउने दायित्व नगरको भएपनि यो हामी सबैको चासो र दायित्व सबै नागरिकको हुनु पर्ने बताउनु भयो । अस्थायी ट्राफिक प्रहरी पोष्ट कलैया कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक नवल किशोर साहलाई सो डिभाइडर हस्तान्तरण गर्दै नगरप्रमुख यादबले जथाभावी सडकमा गाडी चल्दा अब्यवस्थित भई दुर्घटना हुने भएकाले सडकलाई ब्यवस्थित गर्दै सडक दुर्घटना कम गर्न आफुहरुले प्रयास गरेको उहाले बताउनु भयो । अगामी दिनहरूमा पनि नगरमा ट्रफिकलाई व्यवस्थित गर्नका लागि सदैव सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए। कलैयालाई उज्यालो कलैया बनाउन बजारको सौन्दर्य राम्रो पार्नु पर्ने बताउदै बजारको फुटपाथ समाधान जरुरी रहेको र चाडै त्यसमा काम अघि बढाउने उहाले बताउनु भयो । त्यसको लागि सब भन्दा पहिले उपमहानगरले सवारीलाई व्यवस्थित गर्ने उद्देश्य अनुसार यस अघि पनि प्रमुख यादवले उक्त कार्यालयलाई नो पार्किङ बोर्डहरु उपलब्ध गराएका थिए। उक्त अवसरमा कलैया उपमहानगरपालिका वडा नं। १६ का वडा अध्यक्ष शेषनाथ साह, वडा न १८ का वडा अध्यक्ष अम्बिका प्रसाद यादव, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, कलैया उपमहानगरपालिका का कर्मचारीहरू, ट्राफिक प्रहरी लगायतको सहभागिता रहेको थियो।