बारा प्रहरीले निजगढमा दुई बिगहा १० कठ्ठा अवैध गाँजा खेती फडानी गरी नष्ट

तराइ संचार
तराइ संचार 917 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

 

सिमरा । बारा प्रहरीले निजगढ नगरपालिका वडा नम्बर १२ थली भन्ज्याङ स्थित करिब दुई बिगहा १० कठ्ठा ऐलानी जग्गामा लुकाई छिपाई लगाइएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ । अवैध रुपमा लगाईएको गाँजा खेती नष्ट गर्ने उदेश्यले संचालन गरिएको गाँजा फडानी अभियान अन्र्तगत बुधवार पनि गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय निजगढको संयुक्त टोलीले उक्त गाँजा फडानी गरेको हो । बारा प्रहरीले यो हप्ता गाँजा फडानी अभियान संचालन गरेको प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी गराए । प्रहरीले मंगलवार पनि सोही वडाको लालटोलमा करिब तीन विगाहामा लगाईएको गाँजा खेती नष्ट गरेको थियो ।

 

 

शेयर
प्रतिक्रिया
Skip to content