उद्योगी व्यबसायीका समस्या समन्धी छलफल, सुरक्षा सचेतना गोष्ठी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 169 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । उद्योगी व्यबसायीका समस्या समन्धी छलफल ,सुरक्षा सचेतना जीवनशैली तथा तनाव व्यबस्थापन सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय सिमरा र जीतपुरसिमरा उद्योग बाणिज्य संघको आयोजनामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले उद्योगको नक्सापास लगायत नगरले गर्नुपर्ने कार्य नगरले सहयोग गर्नुपर्ने क्षेत्रमा तयार रहेको बताउनु भएको छ ।

जीतपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माको अध्यक्षता तथा सहजिकरण मा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरन्जिबी दहाल र आन्तरिक राजस्व कार्यालयका कर अधिकृत बसन्त नेपालले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रम को गरिमालाई ध्यानमा राखी उपस्थित हुनुभयकोमा सबैमा स्वागत एवं  धन्यवाद  ब्यक्त गर्दै अध्यक्ष  मोहन शर्माले उधोगी र ब्यावासायिहरुको बिबिध समस्याहरु मिलेर समाधान गर्नु पर्ने आवश्यकता लाई औल्याउदै उधोग तथा व्यापार ब्यावसायलाई  दर्ता र  नविकरण गर्न  फ्री  बिमा को अवसर प्राप्त गर्न सबैमा  अनुरोध समेत गर्नुभएको थियो।

कार्यक्रममा पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , बरिष्ठ उधोगी तथा ब्यावसायी ईच्छा ब वाग्ले , शम्भुनाथ झा, ईन्जिनियर मनोज कुमार गुप्ता सहित जीतपुरसिमरा नगर उधोग बाणिज्री संघ का पदाधिकारी हरु एवं  सल्लाहकार्हरु, बस्तुगत समितिका अध्यक्ष तथा पदाधिकारी , सदस्यहरु , बिरगन्ज पथलैया करिडर आसपासमा सन्चालित उधोगी ब्यावसायी एव प्रतिनिधिहरु, सन्चारकर्मिहरु लगायतको उपस्थिती रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content