भवन अभावमा मिसिल सुरक्षित राख्न समस्या हुने गरेको छ – श्रेस्तेदार कार्की

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 111 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

कलैया । भवन अभावमा मिसिल सुरक्षित राख्न समस्या हुने गरेको बारा जिल्ला अदालतका श्रेस्तेदार लाल बहादुर कार्कीले बताउनु भएको छ ।

बारा जिल्ला अदालतमा दरबन्दी अनुसार सबै कर्मचारी नभएको र भवन अभाव हुदा जोगाएर राख्नु पर्ने मिसिल सुरक्षित राख्न समस्या हुने गरेको बताउदै भवन निर्माणमा सबैको चासो हुनु पर्ने बताउनु भएको छ । उहाँले अभिलेख फाटलाई बलियो बनाउनु आबश्यक भएपनि स्रोत र साधनको अभाव हुदै आएको बताउनु भयो ।

सर्बोच्च अदालतमा जस्तै बारा जिल्ला अदालतले पनि बारामा पहिलो पटक पेशी अटोमेशन सिस्टम लागू गरेको छ ।

कम्युटरबाट उपलब्ध हुने पेशी अब मानिसले मिलाउन नपाउने भएको बारा जिल्ला अदालतका श्रेस्तेदार लाल बहादुर कार्कीले बताउनु भएको छ ।

विना भेदभाव अटोमेटिक प्रणाली कम्युटरबाट पेशी तारिख दिईने हुदा यसबाट कसैलाई पनि भेदभाव नहुने भएको हो । यस अघि पहुचवालाको पेशी चाडो ठिलो चाहे अनुसार हुने गरेको आरोप अदालतलाई लाग्ने गरेको थियो । श्रेस्तेदार कार्कीले सबैतिर अदालतमा कम्युटरमा ईन्ट्री डिजिटाईज भएपनि बारामा कर्मचारी अभाव र विभिन्न समस्याका कारण हुन नसकेपनि आफु आएपछि शुरु गरेकोमा हाल २०४७ सालका ८६७ फाईल पुर्ण डिजिटाईज भएको बताउनु भयो । उहाँले हाल बारामा बिगतदेखि अहिलेसम्म एक लाख ३९ हजार २४ मिसिल रहेकोमा ६९ हजार आठ सय ३२ मिसिल कम्युटरमा ईन्ट्री सकेको बताउनु भयो । जसले फाईल तत्काललै खोज्न सहज हुने बताउनु भयो ।

हाल सरल सामान्य र बिषेश गरी तिन प्रकारको मुद्याा डिसिएम बिधिबाट दर्ता हुदै आएको उहाले बताउनु भयो । उहाले ६ महिना नाघेका २२३०, ६ महिनादेखि एक बर्ष सम्मका १५०६ , एक बर्षदेखि १८ महिनाका ४३७, दुई बर्ष सम्मको ३३३ र २ बर्ष नाघेका ८८७ वटा मुद्यााको फर्छोट गरेको बताउनु भएको छ ।

२०८०÷०८१ मा बार्षिक लक्ष्य भन्दा बढी मुद्या दर्ता हुने गरेको बताउदै श्रेस्तेदार कार्कीले पुरानो जिम्मेवारीमा आएको ४४३३ र नयाँ वास्तविक दर्ता ५३८२ गरी ९८१५ मुद्या दर्ता भएकोमा लक्ष्य अनुसार ९५.७४ प्रतिशत मुद्या फर्छौट गरेको बताउनु भयो । कुल लगतको फर्छौट प्रतिशत ५८.४२ रहेको छ ।

बारामा देवानी ६६०७ मुद्यामा ३८८६ फर्छौट भई २७२१ मुद्या बाकी रहेको छ । त्यसैगरी सरकारवादी फौजदारी १०२२ मुद्यामा ५२५ फर्छौट भई ४९७ मुद्या बाकी रहेको छ । दुनियावादी फौजदारी १७२८ मुद्यामा ७५७ फर्छौट भई ९७१ मुद्या बाकी रहेको छ । पुरानो दर्ता ३९ मुद्यामा २२ फर्छौट भई १७ मुद्या बाकी रहेको छ । रिट निबेदन ३१४ मुद्यामा २०३ फर्छौट भई १११ मुद्या बाकी रहेको कार्कीले बताउनु भएको छ ।

अदालतले कैद जरिवाना बापत पुरानोबाट ४० लाख ९३ हजार तीन सय दुई र नया तर्फ एक करोड ६९ लाख ५९ हजार पाच सय १३ गरी दुई करोड १० लाख १८ हजार आठ सय १५ असुल गरेको जनाएको छ । त्यसैगरी कैद तर्फ लगतमा रहेको पुरानोबाट ९१ बर्ष ११ महिना सात दिन र नयाँ तर्फ ४८० बर्ष ६ महिना २८ दिन गरी ५७२ बर्ष ६ महिना पाच दिन कैद फछौट भएको छ । अदालतको आदेशबाट हालसम्म कायम रहेका थुनुवा १५ महिला सहित ३०५ पुरुष गरी ३२० नेपाली र १५ बिदेशी रहेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content