कलैया । बाराको सुवर्ण गाँउपालिकामा वडा कार्यालयहरुबाट हुने जन्म, मृत्यु, बसाई सराई घरबाटो सिफारिस लगायतका सिफारिसहरु वडा कार्यालयहरुले नगर्ने गरेको स्थानीयले बताएका छन ।
जनताको प्रत्यक्ष सरोकार राख्ने वडा कार्यालयबाट राजनैतिक पुर्वाग्रह राखेर सिफारिस नगर्ने तथा मोटो रकम माग गर्ने नदिए काम नगर्ने गरेका कारण सुवर्णवासी मारमा परेको स्थानीयले बताएका छन । सुवर्ण गाँउपालिका वडा नं. ७ निवासी मकसुद मिया ठकुराईको छोरा असकबुल मिया ठकुराईले विवाह दर्ता गर्न जादा भारतबाट बिवाह गरी ल्याएकी श्रीमतिको जन्मदर्ता अग्रेजी भएको भन्दै काम नगरेर पालिका पठाएको बताईएको छ ।
सो बारे वडा सचिब ओम प्रकास साहले पुर्वाग्रह राखेर काम नगरेको बताउदै सुविधा नभएको कारण अग्रेजीलाई नेपाली बनाउन पालिका पठाएको बताउनु भयो । अग्रेजीलाई नेपाली गर्न निवेदन माग गर्दै सुवर्ण गाउपालिका पुगेका पिडितले अग्रेजीलाई नेपाली गर्न माग गरेपछि यो विषय जानकारीमा आएको हो । पालिकाले पिडितको माग बमोजिम सिफारिस दिएपछि बल्ल विवाह भएको छ ।
पालिकाको वडा नं. २ निवासी फुलपति देवीले जग्गाको घरबाटो सिफारिस माग गर्दा वडाले सिफारिस नगरेपछि पालिका पुगेर घरबाटोको सिफारिस बनाउन बाध्य भएकी छिन । वडा कार्यालयले गर्नुपर्ने सिफारिस नगरेपछि स्थानीयहरु पालिका पुग्न थालेकोले वडाका काम कार्वाही चिन्ताको बिषय भएको बताउदै सुधार गर्न पहल गर्ने पालिका अध्यक्ष राजेश यादबले बताउनु भएको छ । सम्बन्धित मानिस सिफारिस लिन आउदा अनेक दुख दिनु ठिक नभएको उहाँको भनाई छ ।
वडाहरुबाट रकम माग गर्ने, राजनैतिकरुपमा हेरेर काम अल्झाउने दुख दिने नियतबाट आफु पिडित बनेको बताउदै चाडै समस्याको समाधान निकाल्ने अध्यक्ष यादबले बताउनु भयो । आआफनो काम सबैले नगर्दा जनताले दुख पाउनु दुखद भएको उहाले बताउनु भयो ।