सिमरा । जीतपुरसिमरा नगर उधोग बाणिज्य सङ्घ जितपुरसिमरा बाराको ७ औ स्थापना दिवश शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाईएको छ । सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षता शुभकामना आदानप्रदान कार्यक्रम गरी सम्पन्न भएको हो ।
राजस्व अनुशन्धान कार्यालय पथलैयाका प्रमुख बैकुण्ठ प्रसाद सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न स्थापना दिवशको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सिमराका कर अधिकृत बशन्त नेपाल र ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख चीरन्जिवि दाहाल, सङ्घका सल्लाहकारहरु छवि शर्मा, प्रेम बराल , शिवजि साह, गणेशजि साह , कपिलदेव प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।
संघको स्थापना दिबशको अबसरमा सङ्घको सभाहलमा केक काटेर हर्षोउल्लासको वातावरणमा शुभकामना आदानप्रदान कार्यक्रम गरी कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सन्चालन सङ्घका महासचिव प्रकाश गिरी र स्वागत अध्यक्षले गर्नुभएको हो।