साझेदारी बन उपभोक्ता महासंघ नेपालको अध्यक्षमा रामप्रसाद चौधरी

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

 

सिमरा । साझेदारी बन उपभोक्ता महासंघ नेपालको ५औँ राष्ट्रिय महाधिवेशनले रामप्रसाद चौधरीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्बसहमतरुपमा चयन गरेको छ । नवगठित कार्यसमितिको सहअध्यक्षमा जय प्रकाश पाण्डे, उपाध्यक्षहरुमा गणेशजी प्रसाद साह, बबिता चौधरी, रघुुनाथ प्रसाद यादब, महासचिवमा रामचन्द्र गिरी र कोषाअध्यक्षमा मिरा पोख्रेल लगायत रहेका छन् । बाराकोे पथलैयामा सम्पन्न बन उपभोक्ता महासंघ नेपालको ५औँ राष्ट्रिय महाधिवेशनमा साझेदारी बन उपभोक्ता महासंघका अध्यक्ष रामरुप प्रसाद कुर्मीले बेलको बिरुवा रोपी कार्यक्रमको उद्घाटन गरेका हुन । साझेदारी बन उपभोक्ता महासंघ नेपालका सहअध्यक्ष राधेश्याम सिवाकोटीको सभाअध्यक्षता र महासंघ नेपालका अध्यक्ष रामरुप प्रसाद कुुर्मीको प्रमुुख आतिथ्यतामा सम्पन्न महाधिवेशनको उद्घाटन अधिवेसनमा बारा ,पर्सा ,रौतहट ,महोत्तरी ,सर्लाही ,कपिलबस्तुु ,कञ्चनपुुर ,रुपन्देही र नवलपरासी जिल्लाका साझेदारी बनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमको सम्पुुर्ण ब्यवस्थापन गढीमाई साझेदारी बन ब्यवस्थापन समुुह पथलैयाले गरेको थियो ।

कार्यक्रममा उत्कृष्ट कार्य गरे वापत डिभिजन बन कार्यालय बाराका प्रमुुख मञ्जुुर अहमद ,डिभिजन बन कार्यालय पर्साका प्रमुुख जगरनाथ जैसवाल ,गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साह ,सबैया साझेदारी बनका अध्यक्ष लखन लाल साह र लुुम्बिनी साझेदारी बन ब्यवस्थापन समुुहका अध्यक्ष जबिउल्लाह खानलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । संघ सरकारले बनाएका कतिपय झन्झटिला ऐन कानुुनहरुले उपभोक्ताहरुले सहजै काठ, दाउराहरु प्राप्त गर्न नसकिरहेकोमा सहभागीहरुले दुुखेसो गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content