सिमरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालय जनकपुर, उपभोक्ता हित संरक्षण मञ्च र स्थानीय प्रशासनले गुुणस्तरहीन तेल उत्पादित गरेको आरोपमा बारा स्थित कैलाश धारा तेल मिल उद्योग सिल गरिएको छ । जितपुुरसिमरा उपमहानगरपालिका वडा नं।२२ अम्लेखगंजमा रहेको उद्योगमा अनुुगमन गरी शिल गरेको हो । अनुुगमनको क्रममा उद्योगले उत्पादन गरेको ‘त्रिदेव’ ब्रान्ड नामको तेल गुुणस्तरहिन देखिएकाले उद्योग शिल गरी तेल बिक्रिबितरणमा प्रतिबन्ध लगाएको छ । सर्वसाधारणको गुनासोका आधारमा तेल मिलमा अनुगमन गरेको हो । अनुुगमन गर्दा तोरीको तेल भनेर अखाद्य, मिसावटयुक्त र दुर्गन्धसमेत भएको तेल बिक्री गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले केही दिनअघि सो कम्पनीको ७ सय कार्टुन तेल नष्ट गरेको थियो । रौतहट ठेगाना भएका अशोक कुमार यादव सञ्चालक रहेको सो तेल उद्योगमा ४ सय २७ कार्टुन प्याकिङ तेल, बाहिर पाकिङमा गरी राखिएको पेट्रोलियम ट्यांकर, अन्य प्याकिङ गर्न बाँकी सयौं लिटर तेल बरामद भएको छ। झण्डै ४ वर्षदेखि सञ्चालनमा रहेको यो उद्योगले तोरीको भनी मिसावटयुक्त अखाद्य तेल बिक्री गर्दै आएको स्थानीयले बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालयका प्रमुख विजय खनालले अखाद्य तेल बेच्नेलाई नमुना परीक्षण प्रतिवेदनका आधारमा तत्कालै कारबाहीको दायरामा ल्याउने बताउँनुुभयो ।